लालबाबुले यसरी खोले स्वेच्छिक अवकाश रोक्नुको यति ठूलो भित्रि रहस्य !

लालबाबुले यसरी खोले स्वेच्छिक अवकाश रोक्नुको यति ठूलो भित्रि रहस्य !

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • लालबाबुले यसरी खोले स्वेच्छिक अवकाश रोक्नुको यति ठूलो भित्रि रहस्य !

    साढे तीन हजार कर्मचारी यही असारभित्र रिटार्यड हुँदैछन्। कर्मचारीलाइ स्वेच्छिक अवकासमा पठाउँदा समग्र गरी राष्ट्रको ४० अर्ब रुपैयाँ खर्च हुने क्यालकुलेशन छ। उनीहरूकाे ठाउँमा नयाँ भर्ना गरेर, तालिम दिएर फेरि काममा लगाउँदा समय पनि धेरै लाग्छ। त्याे तालिम, भर्नाकाे निम्ति राज्यले फेरि खर्च ब्यहाेर्नुपर्छ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

    तपाइँले पहिचान गरेका कर्मचारीतन्त्रका विसंगति के के हुन्? हाम्राे कर्मचारीतन्त्रकाे समस्या के रहेछ?

    मैले सुरूदेखि नै कर्मचारीलाइ राष्ट्रप्रति समर्पित गराउन प्रयास गर्दै अाएकाे छु। उनीहरूमा राष्ट्रप्रति समर्पणकाे भावना जगाउन काेसिस गर्दै अाएकाे छु। स्वभाविक रूपमा कर्मचारी आफ्नो कामप्रति जिम्मेवार हुनुपर्छ। पहिलै गरेकाे सुधारका कारण अहिले धेरै कम भएकाे छ। नेपालकाे निजामति सेवामा केही लगनशील, क्षमतावान्, कर्तव्यनिष्ठ कर्मचारी पनि छन्। आफ्नो काम छोडेर निजी काम गर्न जानेहरू पनि छन्। पहिला कोही कर्मचारी बेतलवी बिदा लिएर बस्थ्याे, कोही अध्ययन बिदा लिएर जान्थे अहिले ती सबै बाटाहरू मैले बन्द गरिदिएकाे छु। अहिले केहीले बिरामी बिदा लिएर आइएनजिओमा काम गरिरहेकाे सूचना म कहाँ अाएकाे छ। राष्ट्रसेवक भएर एनजिअाेमा जागिर गर्न पार्इदैन।

    तीविरूद्ध आन्तरिक रुपमा कारबाही प्रक्रिया अघि बढेकाे छ। बिरामी भएकाे हाे भने देखिने ठाउँमा उपचार गर्नुपर्छ, नक्कली बिरामी बनेर विदा लिन पाइँदैन। खटाएकाे ठाउँमा नजाने र नक्कली बिरामी हुने प्रवृत्तिकाे समाधान हुन्छ। ती सबै कारवाही दायरामा अाउँछन्। कुनै बाहनामा छुट हुनेवाला छैन। राष्ट्रको सेवा गर्ने इच्छा छैन भने बुझ्नुपर्छ राष्ट्रसेवक बन्ने रहरै गर्नैहुन्न। राष्ट्रको सेवा नगर्ने अनि राष्ट्रसेवक पनि भइरहने छुट अब छैन। मैले देखेका सबै विकृति विसंगितहरू एेन कानुनअनुसार हटाउँछु। गलत गर्नेलार्इ दण्डित गर्छु र राम्रो काम गर्नेलार्इ पुरस्कृत गर्छु। यही विषयमा केन्द्रित छु। सेवा प्रवाह र विकास गराउने जिम्मेवारी सरकारको हो। सुशासन दिने पनि सरकारले। म पछि हट्ने पक्षमै छैन। जनताको साथ लिएर बढ्दा अाउने चुनाैती सामना गर्न म तयार छु।

    खासमा भन्नुपर्दा कर्मचारीमा भएकाे समस्या के हाे? एक, दुइ, तीनमा भन्नुपर्दा?

    एउटा प्रवृत्ति सकेसम्म कम काम गर्न पाए हुन्थ्यो भन्ने छ। अर्काे कामै गर्न नपरे हुन्थ्याे भन्ने पनि छ। मन लागे गर्ने नलागे नगर्ने भन्ने छन्। मन लागेजति गर्ने अनि नगर्ने भन्नेहरू पनि छन्। तर सबै खराब छन् भन्न खाेजेकाे हाेइन। अाैंलामा गन्न सकिने इमान्दार र निष्ठावान कर्मचारी पनि छन्। राष्ट्रसेवक भएपछि मनकाे इच्छाअनुसार चलेर हुँदैन। मन एकैछिनमा चन्द्रमामा पुग्ला। एकैछिनमा अमेरीका पुग्ला, एकैछिनमा जापान पुग्ला। सधैँ मनको कुरा गरेर हुनेवाला छैन। यथार्थ जे हो त्याे सामना गर्नुपर्छ। राष्ट्रसेवकको पहिलो काम सेवा हाे त्यसपछि मात्र मेवा हुन्छ। हामीले सेवामा वृद्धिसँगै मेवामा वृद्धि गर्ने कुरामा पनि ध्यान दिएकै छौं।

    स्थानीय तहमा कर्मचारी पठाउँदा तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलार्इ एक हप्ताभित्र कारवाही गर्छु भनेर भन्नुभएकाे थियाे नि, अहिलेसम्म कति कर्मचारी कारवाही परे?

    अहिले खटाइएका कर्मचारी धेरैजसो आफ्नो ठाउँमा गइसक्नु भएको छ। मैले भनेकाे छु ९० दिनभित्र हाजिर हुनुभएन स्वत बर्खास्त गर्ने कानुनले अधिकार दिएकाे छ। खटाएकाे ठाउँमा पुगेर हाजिर भएर एकादुइ विदा बसेकाे भन्ने सुनेकाे छु। हामी त्यस्ताे प्रवृत्तिलाइ निरूत्साहित गर्दैछाैं। कानूनको परिपालना गरेरै खटाएको ठाउँमा नजानेहरु कसैको बढुवा रोक्का होला कसैको बर्खास्तगी होला। अहिलेको हाम्रो काम धमाधम खटाउने हो। हामी याे गरिरहेका छाैं। सबै ठाउँमा आवश्यक राष्ट्रसेवक पठाउन सकिएको छैन। मन्त्रालय पुन:संरचना हुँदा मन्त्रालयमा दरवन्दी घट्दैछ, विभागहरूकाे दरबन्दी कटाैती हुँदैछ, कतिपय कार्यालयहरु खारेजीमा पर्दैछन्। त्यसपछि थप कर्मचारीहरू स्थानीय तह र प्रदेशमा जानेछन्।

    स्वेच्छिक अवकासमा पठाउन कहाँनेर समस्या हाे?

    साढे तीन हजार कर्मचारी यही असारभित्र रिटार्यड हुँदैछन्। स्वेच्छिक निवेदन दिनेहरूकाे सूची केलाउनुभयाे भने तपाइँले ती नाम त्यहाँ पाउनुहुनेछ। कर्मचारीलाइ स्वेच्छिक अवकासमा पठाउँदा समग्र गरी राष्ट्रको ४० अर्ब रुपैयाँ खर्च हुने क्यालकुलेशन छ। उनीहरूकाे ठाउँमा नयाँ भर्ना गरेर, तालिम दिएर फेरि काममा लगाउँदा समय पनि धेरै लाग्छ। त्याे तालिम, भर्नाकाे निम्ति राज्यले फेरि खर्च ब्यहाेर्नुपर्छ। बहालवाला कर्मचारीहरूका लागि त राज्यले पैसा खर्च गरिसक्याे नि। त्यसो भएकोले अहिलेको अवस्थासँग यो कुरा मेल खाँदैन। मेल नखाने भएकोले गर्दा स्वभाविक अवकाशमा पठाउने अथवा स्वेच्छिक अवकासमा विशेष सुविधा नदिने भन्ने मेराे भनाइ हो।

    सम्बन्धित खवर