२० गते देशभरका रात्री बसहरु बन्द, व्यवसायीलाई सबै खाले कानुनी कारबाही गर्ने सरकारको तयारी

२० गते देशभरका रात्री बसहरु बन्द, व्यवसायीलाई सबै खाले कानुनी कारबाही गर्ने सरकारको तयारी

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • २० गते देशभरका रात्री बसहरु बन्द, व्यवसायीलाई सबै खाले कानुनी कारबाही गर्ने सरकारको तयारी

    काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले २० गतेबाट रात्री बस र भोलीपल्ट अर्थात २१ गतेबाट सबै यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन । यातायात व्यवसायीको कार्यतालीका अनुसार २१ गतेदेखि व्यवसायीका गाडीहरु ग्यारेजमा थन्क्याएर आन्दोलन गर्ने कार्यक्रम छ । तर व्यवसायीहरुले २० गते साँझबाट देशभरका रात्री बसहरु पनि नचल्ने गरि बन्द गर्ने बताएका छन् । आन्दोलनको घोषणा अनुसार २० गते बेलुुकादेखि देशभरिका यातायात बन्द गर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । जनताको हकहित विरुद्ध सरकारले नै नराम्रो कदम उठाएको उनको भनाइ छ । ‘अहिले विरालोलाइ बन्द कोठामा थुनेर कुट्ने काम भइरहेकोले छ त्यसले नकारात्मक परिस्थिती निम्त्याउने छ,’ उनले भने, ‘सरकारले आफुहरुलाई वार्तामा बोलाओस भन्नकै निम्ती आन्दोलनको लामो समय तालिका बनाएर आन्दोलन गर्दै आएका छौं ।’ सरकारले आफ्नो आन्दोलनको अवज्ञा गरेको उनको दाबी थियो । ‘हामी हाम्रो आन्दोलनलाइ जारी राख्छौं आन्दोलनको कारणले जनताले सास्ती खेप्नु परेमा सरकार जीम्मेवार हुनुपर्ने छ,’ उनले भने तर सरकार भने सो आन्दोलनमा पुर्ण रुपमा कानुनको पालना गर्दैे विफल पार्ने बताउँदै आएको छ । पछिल्लो समय यातायात व्यवस्था विभागले यातायातमा देखिएको कार्टेलिङ, सिन्डीकेट भन्दै जरैदेखि निर्मुल पार्ने घोषणासहित अगाडी बढेको छ । तर, यातायात व्यवसायीहरुले आइतवार आन्दोलनको कार्यतालिका अनुसार देशैभरिका यातायात कार्यलयहरु घेराउ गरेका थिए । यस अघि सरकारले सार्वजनिक यातायात लगायतका क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने निर्णय गरेको छ भने व्यवसायीले सवारीसाधन थन्क्याएमा सरकार आफैले चवाउने समेत उद्घोष गरिसकेको छ ।

    सम्बन्धित खवर