शैक्षिक क्षेत्रमा अब्बल शिक्षण संस्थाको पहिचान बनाउँदै भ्याली पब्लिक हाई स्कूल

शैक्षिक क्षेत्रमा अब्बल शिक्षण संस्थाको पहिचान बनाउँदै भ्याली पब्लिक हाई स्कूल

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • शैक्षिक क्षेत्रमा अब्बल शिक्षण संस्थाको पहिचान बनाउँदै भ्याली पब्लिक हाई स्कूल

    काठमाडौं । विद्यार्थीहरूलाई समयसापेक्ष शिक्षा, संस्कार र सीप प्रदान गर्नुपर्छ भन्ने उदेश्य बोकेर सञ्चालन गरिएको भ्याली पब्लिक हाई स्कूलले २५ औं वसन्त पार गरेको छ । वि.सं. २०५० सालमा स्थापना भएको भ्याली पब्लिक हाई स्कूलले विकसित समयक्रमसँगै शिक्षा र शिक्षण पद्धतिमा परिष्कृत गर्दै आईरहेको छ । जसका कारण भ्याली पब्लिक हाई स्कूल नेपालको शैक्षिक क्षेत्रमा एक अब्बल शिक्षण संस्थाको पहिचान स्थापित गर्न सफल भएको वताउँछन् संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी । संस्कार, सीप, सभ्यता र सपनासहितको समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्नो टिम निरन्तर क्रियाशील रहेको अधिकारीले उल्लेख गरे ।

    काठमाडौंको मण्डिखाटारबाट शुरु भएको यो विद्यालय हाल बुढानिलकण्ठ नगरपालिका–०८ सुन्दरबस्ती भङ्गालमा अवस्थित छ । विद्यालयमा अहिले करिब एक हजार विद्यार्थी अध्ययनरत छन् भने ७१ जना शिक्षकशिक्षिका तथा कर्मचारी कार्यरत छन् । प्ले ग्रुपदेखि कक्षा १२ सम्मको शैक्षिक कार्यक्रम सञ्चालित भ्याली पब्लिकले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गरिरहेको छ ।

    जागरुक विद्यार्थी, दक्ष तथा अनुभवी शिक्षकशिक्षिका, सचेत र सहयोगी अभिभावक तथा चुस्त व्यवस्थापनकै कारण विद्यालयले यो सफलता हासिल गर्न सकेको हो ।
    भ्याली पब्लिकमा अध्यापन तथा कार्यालय प्रयोजनका लागि छट्टाछुट्टै भवन रहेका छन् । भूकम्प प्रतिरोधी आधुनिक भवनमा विद्यार्थीमैत्री कक्षाकोठा साथै साना बालबालिकाहरूका लागि किन्डरगार्टेनको व्यवस्था छ ।
    विकसित सूचना प्रविधिको युगमा यस बारे प्रयाप्त ज्ञान र प्रयोगात्मक अभ्यासका लागि साना र ठूला कक्षाका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब, रिसर्च सेन्टर, मल्टिमिडिया हल, १० हजारभन्दा बढी पुस्तक भएको बृहत् लाइब्रेरीका साथै इ–लाइब्रेरीको व्यवस्था गरिएको छ । संगीत र नृत्यका लागि छुट्टाछुट्टै कक्षा, वाद्यवादन सामग्री र दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिएको छ ।

    बास्केटबल खेलमा भ्याली पब्लिकले अब्बल पहिचान बनाइसकेको सर्वविदितै छ । बास्केटबलसँगै फुटबल, कुम्फु , टेबलटेनिस, ब्याडमिन्टनलगायतका विभिन्न खेलका लागि प्रयाप्त मैदानसँगै राष्ट्रिय स्तरका दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट नियमित प्रशिक्षण भइरहेको छ भने यस वर्षदेखि क्रिकेट खेलसमेत समावेश गरिनेछ ।

    विद्यार्थीहरूको रुचि, स्वभाव, क्षमता र मनोभावनाअनुरूप अध्यापन गराउन प्रयाप्त भौतिक पूर्वाधारसहित दक्ष र अनुभवी शिक्षकशिक्षिका सदैव प्रतिवद्ध छन् । शिक्षक शिक्षिकाहरूको क्षमता विकासका लागि विद्यालयले समयसमयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट तालिम प्रदान गर्दै आएको छ । बेलायतका एक प्रशिक्षकबाट हरेक वर्ष शिक्षकहरूलाई १५ दिने तालिम प्रदान गरिदै आएको छ । यसै गरी विभिन्न देशका शिक्षकहरूले समयसमयमा भिजिटिङ फ्याकल्टीको रूपमा अध्यापन गराउने गरेको छ ।
    विद्यार्थीहरूको चौतर्फी क्षमता विकासका लागि नियमित रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको यस विद्यालयले विभिन्न देशका विद्यालयहरूसँग कल्चर एक्सचेञ्जको कार्यक्रमसमेत गरिरहेको छ ।

    Krishna Parajuli2 (

    ‘आगामी वर्ष बेलायतका ४० जना विद्यार्थी आफ्नो संस्कृति तथा प्रतिभा प्रदर्शनका लागि भ्याली पब्लिकमा आउँदै छन् र त्यसको लगतै हाम्रा ४० जना विद्यार्थीहरू हाम्रो नेपाली संस्कृति र आफ्नो क्षमता प्रदर्शन गर्न बेलायत जाँदै छन् ।’ – संस्थापक प्रिन्सिपल अधिकारीले थपे । त्यसो त सुबिधाका हिसाबले भ्याली स्कुलमा विद्यार्थीको स्वास्थ्य, समय र सुरक्षालाई प्राथमिकतामा राखेर व्यवस्थित छात्रावास, स्वच्छ र सुलभ क्यान्टिनको सुविधा उपलब्ध छ ।

    भ्याली पब्लिकले ठूलो बस्तीको माझमा पनि शान्त र स्वच्छ रूपमा विद्यार्थीमैत्री शैक्षिक वातावरण प्रदान गरिरहेको छ ।
    विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका र कर्मचारीहरूलाई उत्प्रेरित गर्नका लागि नियमित अन्तरक्रिया तथा परामर्शलाई विद्यालयले प्राथमिकतामा राखेको छ । यसका लागि विशेषज्ञ परामर्शदाताले दैनिक पूरा समय दिने गर्छन् ।

    विद्यालयलाई गतिशील बनाउन व्यवस्थापन समितिले नियमित छलफल, अन्तरक्रियासहित समयसापेक्ष नीति र कार्यक्रमहरू तय गर्ने गरेको छ भने भ्याली पब्लिकको क्षमता र गुणस्तर विकासका लागि नयाँ कार्यक्रमहरू कार्यान्वयन हुने क्रममा छ । प्रि स्कूल र कलेजका लागि दुई नयाँ भवनहरू बन्ने क्रममा छन् ।
    हालसम्मको उपलब्धिलाई रक्षा गर्दै समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्न भ्याली पब्लिक हाई स्कूल सदैव प्रतिवद्ध रहने संस्थापक प्रिन्सिपल अधिकारीले वताए ।

    सम्बन्धित खवर