धनगढीः दिनभरी काम गरेर घर फर्किरहेका अशोकलाई यसरी मोटरसाईकलले अकालमै मार्‍याे

धनगढीः दिनभरी काम गरेर घर फर्किरहेका अशोकलाई यसरी मोटरसाईकलले अकालमै मार्‍याे

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • धनगढीः दिनभरी काम गरेर घर फर्किरहेका अशोकलाई यसरी मोटरसाईकलले अकालमै मार्‍याे

    धनगढी, बैशाख १७। आईतवार राती धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा से ३ प ३६३५ न ंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

     

    मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको गएराति करीब ९ः०० बजेतिर धनगढी चौराहबाट घर जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    मृतक पाण्डेले चलाएको मोटरसाइकल अनियन्त्रित भई र्दुघटना हुँदा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

    याे पनि पढ्नुहाेस्ः

    प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ। पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो।

    जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन्।

    विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको उहाले बताउनुभयो। चालू आ.वमा अहिलेसम्म २९ जना औलोका बिरामी फेला परिसकेका छन्।

    गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामी पनि देखिन थालेका छन्।

    औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। यसका लागि झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ। source:hahapost.com

    सम्बन्धित खवर