काठमाडौँ। नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल मार्फत नेपाली संगतिक क्षेत्रमा धेरै गायकहरू उदाएका छन्। नेपाल आइडलका धेरै प्रतियोगीले आफ्नो स्वरमा गीत बजारमा ल्याएका छन्। नेपाल आइडलका सन्ध्या जोशी, राहुल बिस्वास, केन्जल मेहर श्रेष्ठ, प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सागर आले, सुजाता पाण्डे, सुरज थापा र प्रताप दासले नेपाल आइडल पश्चात साङ्गतिक कोसेली बजारमा ल्याइसकेका छन् ।
यसैबीच नेपाल आइडलको पहिलो संस्करणबाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गतिक कोसेली “हुरि आयो” सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैँले पनि अभिनय गरेका छन् । योर स्टाइल इन्टरटेनमेन्ट बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने अभिनय रहेको छ