बिहेको २ घण्टामै बेहुलीको हत्या, भर्खर बिहे गरेका श्रीमानको ज्यान बचाउन आफ्नै ज्यान दिइन्

बिहेको २ घण्टामै बेहुलीको हत्या, भर्खर बिहे गरेका श्रीमानको ज्यान बचाउन आफ्नै ज्यान दिइन्

  • , 7.2K जनाले हेर्नुभयो
  • 7.2K
    SHARES

  • बिहेको २ घण्टामै बेहुलीको हत्या, भर्खर बिहे गरेका श्रीमानको ज्यान बचाउन आफ्नै ज्यान दिइन्

    बिहेको २ घण्टामै बेहुलीको हत्या, भर्खर बिहे गरेका श्रीमानको ज्यान बचाउन आफ्नै ज्यान दिइन्
    डिसी नेपाल , १६ बैशाख २०७५

    एजेन्सी। एक बेहुलीले बिहे गरेको २ घण्टामै भर्खरै बिहे गरेका आफ्ना श्रीमान्को ज्यान बचाउन आफैं मृत्युवरण गरेकी छिन् । बाटोमा आफूहरुलाई लुट्न आएका गुण्डाहरुले श्रीमानलाई गोली हानेपछि ती बेहुली श्रीमानलाई बचाउन बीचमा आइन् । श्रीमानलाई हानिएको गोली बेहुलीलाई लाग्यो । उनलाई तत्कालै अस्पताल लगिएकोमा उपचारको क्रममा उनको ज्यान गएको छ ।

    भारतको उत्तर प्रदेश मुजफ्फरनगरमा दिल्ली हरिद्वार हाइवेमा घटना भएको हो । बाटोमा लुट्न आएका गुण्डाहरुले बेहुलीका लाखौंका गहना र नगद लुटेका छन् । मुजफ्फरनगरको शाहवेज नामका युवकको गाजियाबादमा बिहेपछि शुक्रबार राती बेहुली लिएर जन्ती फर्किंदै थिए । राती ११ बजे बेहुला शाहवेज र बेहुली फरहाना स्विफ्ट कारमा मुजफ्फरनगर फर्किंदै थिए । गाडीमा बेहुला बेहुलीसँगै बेहुला शाहवेजका दिदी भिनाजु र २ वर्षमा भाञ्जा पनि थिए ।

    दिल्ली हरिद्वारा हाइवेमा पुग्दा पछाडबाट आएका दुई कारले उनीहरुको कारलाई ओभरटेक गरे । कार रोकिएपछि गुण्डाहरुले बेहुलीका सबै गहना खोल्न लगाए । बाँकी अन्यका पनि गहना र नगद लुटे । लुटको विरोध गर्दा एक गुण्डाले बेहुलामाथि गोली चलाए । तर, त्यही बेला नवविवाहित बेहुली बेहुलाको अगाडि आइन् । बेहुलालाई हानिएको गोली बेहुलीलाई लाग्यो । गुण्डाहरु तत्कालै भागे । बाँकीले बेहुलीलाई तत्कालै अस्पताल लगे । अस्पतालमा बेहुलीको ज्यान गयो ।

    सम्बन्धित खवर