भोलि बैशाख पूर्णिमाको दिन ३ वर्ष पछि विशेष सिद्धि योग बन्दै, यस्ता व्यक्तिले पाउनेछन् लाभ

भोलि बैशाख पूर्णिमाको दिन ३ वर्ष पछि विशेष सिद्धि योग बन्दै, यस्ता व्यक्तिले पाउनेछन् लाभ

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • भोलि बैशाख पूर्णिमाको दिन ३ वर्ष पछि विशेष सिद्धि योग बन्दै, यस्ता व्यक्तिले पाउनेछन् लाभ

    काठमाडौँ । सनातन धर्ममा बैशाख पूर्णिमाको विशेष महत्व रहेको छ । र यस पटक भोलि बैशाख १६ गते चण्डी पूर्णिमामा परेको छ । यस बैशाख पूर्णिमाको दिन विशेष संयोग पनि बन्न गइरहेको छ ।

    भोलि यस पटक ३० अप्रिल बैशाख पूर्णिमाको दिन तीन वर्ष पछि सिद्धि योग बन्न गईरहेको छ । ज्योतिष शास्त्र र धर्म-कर्मका जानकारी अनुसार यो अत्यन्तै खास योग हो । धन लाभको साथ-साथै सबै किसिमका मनोकामना पूरा गर्नको लागि अनुकूल छ ।

    यस्तोमा यस अवसरमा आज हामी यस्ता केही उपायको बारेमा बताउँन गइरहेका छौँ, जुन उपाय यदि अपनाउने हो भने धन सम्बन्धी सबै मनोकामना पूरा हुन्छ ।

    पूर्णिमा सोमबार पर्ने भएकोले यसलाई सोमवर्ती पूर्णिमा पनि भनिन्छ, साथै यस पटक पूर्णिमाको दिन बुद्ध जयन्ती पनि परेको छ । यस्तोमा बैशाख पूर्णिमाको दिन यस्तो संयोग तीन वर्ष पछि बन्ने भएको छ जुन यस पछि फेरी आगामी सन् २०२२ मा बन्नेछ ।

    त्यस्तै यस दिन सिद्धी योगको स्वामी गणपति हुन् जसले आफ्नो भक्तको हरेक किसिमका सिद्धी प्रदान गर्दछ । यस्तोमा यस दिन सिद्धी प्राप्तिको लागि खास महत्व छ, यसैगरी बैशाख पूर्णिमामा देवी लक्ष्मी माको पनि पूजा गर्ने गरिन्छ ।

    यस्तोमा यस दिन केही उपाय धन प्राप्तिको लागि अत्यन्तै प्रभावकारी हुन् सक्छ ।

    » यदि तपाईसँग पूराना चाँदीका सिक्काहरु छन् भने त्यसमा बेसार र फूल लगाएर त्यसलाई बाकस/सन्दुक/दराजमा राख्नुहोला । यसो गर्दा घरको सुरक्षा बढ्छ र सुख-सौभाग्यमा वृद्दि हुन्छ ।

    »भोलि बैशाख पूर्णिमाको दिन बिहान चाँडै उठ्नुहोस र स्नान गरी विधिवत रुपमा माता लक्ष्मीको पूजा-अर्चना गर्नुहोला । घरको मन्दिरमा देवी लक्ष्मीको मूर्तिमा कमलको फूल चढाउनुहोला र सेतो रंगको मिठाइ पनि चढाउनुहोला ।

    पूजा गर्दाको समयमा माता लक्ष्मीसँग आफ्नो धन सम्बन्धी समस्या निवारणको लागि प्रार्थना गर्नुहोला । यसरी तपाईले गर्नुभएको बिन्ती अवश्य माता लक्ष्मीले सुन्नेछिन् र तपाईको धन सम्बन्धी सबै किसिमका समस्याहरु समाप्त हुनेछ

    »पूर्णिमाको दिन साँझ घरको ईशान कोण यानी कि उत्तर-पूर्व दिशामा गाईको घ्युको दीप बाल्नुहोला । ख्याल गर्नुहोला बत्तीमा धागोको स्थानमा रातो रंगको धागो प्रयोग गर्नुहोला ।

    साथै दियोमा थोरै केसर पनि हाल्नुहोला । यस्तो गर्दा घरमा धनको नयाँ श्रोत बन्ने छ ।

    »पूर्णिमामा पूजाको समयमा लक्ष्मीलाई कमलको फूल अर्पित गर्नुहोला । यसले देवी लक्ष्मी प्रसन्न हुनेछिन र धन लाभको लागि नयाँ योग बन्छ ।

    »त्यस्तै पूर्णिमाको दिन श्रीयन्त्रको पूजा पनि अत्यन्तै लाभकारी सिद्ध हुन्छ । यदि तपाईसँग श्रीयन्त्र छैन भने यस दिन आफ्नो पूजा स्थानमा श्रीयन्त्रको स्थापना गर्नुहोला र यसको पूजा गर्नुहोला । साथै यस पछि प्रतिदिन यसको पूजा गर्नुहोला ।

    »यस दिन कुमारी कन्यालाई भोजन गराउनुहोला र उनीहरुलाई उपहार स्वरूप केही दिनुहोला । यस्तो गर्दा देवी लक्ष्मी प्रसन्न हुन्छिन् र उनकी कृपाले सुख-समृद्धि प्राप्त हुनेछ ।

    सम्बन्धित खवर