श्रीमती हत्या आरोपमा शिवशंकर पक्राउ

श्रीमती हत्या आरोपमा शिवशंकर पक्राउ

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • श्रीमती हत्या आरोपमा शिवशंकर पक्राउ

    बैशाख,१६/ प्रहरीले महोत्तरीकी पुनदेवीको हत्या आशंकामा उनका श्रीमान् शिवशंकर दासलाई पक्राउ गरेको छ।

    मटिहानी नगरपालिका–२ की ३० वर्षिय पुनमदेवी दास खत्बेको शव गत २१ गते जनकपुर-मटिहानी सडक खण्डअन्तर्गत बर्दाहस्थित सडक छेउमा बोराभित्र हालिएको अवस्थामा भेटिएको थियो। उनको हत्यापछि श्रीमान् दास फरार थिए।

    दासलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी। पुनमको शव जलेको अवस्थामा बोराभित्र राखिएको थियो।
    पुनमलाई यातना दिएर हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। दासलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।source:laliguras.com

    सम्बन्धित खवर