तेह्रथुमका स्थानीय खानेपानीकाे खोजीमा आधा रातमै पुग्छन् धारा

तेह्रथुमका स्थानीय खानेपानीकाे खोजीमा आधा रातमै पुग्छन् धारा

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • तेह्रथुमका स्थानीय खानेपानीकाे खोजीमा आधा रातमै पुग्छन् धारा

    काश पाक्साँवा/ तेह्रथुम, १६ बैशाख । जिल्लाको सुख्खाग्रस्त क्षेत्रका स्थानीयहरु खानेपानी अभाबका कारण आधारातमै पानी भर्न धारा धारामा पुग्ने गरेका छन । जलबायु परिवर्तन सँगै गाउँ गाउँमा भएका मुहानहरु सुक्दै गए पछि खानेपानी अभाबको समस्याले बर्षेनी जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयहरु पिरोलिन्दै आएका छन ।

    बिषेश गरी सुख्खायाम सुरु सँगै जिल्लाको छथर गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयहरुको समस्या सुरु हुने गरेको छथर गाउँपालिका ३ पञ्चकन्याका वडाअध्यक्ष तुलसीजंग थापाले बताए । बिहानीको उज्यालो नहुँदै यस क्षेत्रका स्थानीयहरु पानीको खोजीमा लाग्ने गरेका हुन्छन् । युबाहरु बिभीन्न रोजगारका कारण शहरतिर लाग्ने गरेको छन । युबाहरु गाउँमा नहुँदा उमेर ढल्की सकेका बृद्धबृद्धाहरु दैनिक कामहरुका साथै पानी पधेँरीहरुमा भेटीने गरेका छन । धारामा पानी कम मात्रा आउने गरेकाले पानी भर्न स्थानीयहरुको होड चल्ने गरेको पानी भर्दे गरेकी भिममाया लिम्बुले बताईन ।

    बिहानभरी पानीको खाजीमा समय बित्छ पानी नआउँदा रित्तै गाग्री फर्किनु पर्छ स्थानीय नर बहादुर लिम्बुले बताए । पानीको खोजीमा २ घण्टाको बाटोमा चहार्दै हिड्नु पर्ने यहाँको दैनिकी बनेको छ । बाटो हिड्ने बटुवालाई एक गिलास खानेपानी दिने प्राय कसैको घरमा पानी हुँदेन ।   करिब ८ सय घर रहेको यस क्षेत्रका लागी सञ्चालन भएको खानेपानी आयोजनाहरु जिर्ण बन्दै गए सगै पानीको मुहानहरु सुकेपछी बर्षेनी समस्या थपिन्दै गएको होम पारघारीले बताए ।

    टोलटोलमा धाराहरु निमार्ण गरीएपनि पानी नअाइदिदा यहाका स्थानीयहरू झनै समस्यामा परेका छन । अन्नबाली लगाउने सिजनमा पानी पर्दैन बर्षेनी खाद्यन्न अभाबले यी बस्तीहरु थलिने गरेका छन । खानेपानी समस्या कै कारण यस क्षेत्रमा बर्षेनी बसाई सर्ने क्रम बढ्दो छ । यस क्षेत्रको समस्यालाई प्रमुख प्राथमिकताका साथ खानेपानी समस्या समाधानका लागी दिर्गकालिन योजना निमार्ण गरी तत्कालै समाधानको खोजी भई रहेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए ।

    छथर क्षेत्रको सुख्खाग्रस्त क्षेत्रलाई दिर्गकालिन रुपमा खानेपानी समस्या समाधानका निम्ती डिप बोेरीङ प्रबिधीबाट निकालिएको पानी बितरणको तयारी भई रहेको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए ।

    सम्बन्धित खवर