बलात्कारको घटना मिलाउन लागिपरे प्रहरी र वडा अध्यक्ष, ५० लाखमा मिल्न दबाब

बलात्कारको घटना मिलाउन लागिपरे प्रहरी र वडा अध्यक्ष, ५० लाखमा मिल्न दबाब

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • बलात्कारको घटना मिलाउन लागिपरे प्रहरी र वडा अध्यक्ष, ५० लाखमा मिल्न दबाब

    सर्लाही । सर्लाहीको कविलासी नगरपालिका वडा नम्वर ५ की १३ बर्षिया किशोरी आफ्नै छिमेकी सुनिल पासवानबाट बलात्कृत भएकी छन् । छिमेकमा बस्ने पासवानले सलले किशोरीको मुख बाँधेर घर पछाडीको उखु बारीमा जबरजस्ती लगि यसरी जबरजस्ती गरेको घटना पीडित युवती बताएकी छन् ।

    तर सर्लाहीकै जिल्ला प्रहरी कार्यालय मलंङ्वाले निवेदन नै लिएन र पीडितलाई ईलाका प्रहरी कार्यालय हरीपुर जान भनियो । तर ईलाका प्रहरी कार्यालयल हरीपुरका ईन्चार्ज अनिल ठकुरी भने बलात्कारको यो केसलाई मिलाउन तिर लाग्न थाले र पीडितलाई मिल्न दबाव दिन थाले । कुरा वडा अध्यक्ष सम्म पुग्यो । वडा अध्यक्ष राज किशोर रायले त झन किशोरीको बुवालाई ५० लाख दिलाई दिन्छु भन्दै मिल्न दबाव दिएको उन्का बुवा बताउँछन् ।

    हरीपुर प्रहरी चौकीका ईन्चार्ज ईनिसपेक्टर अनिल ठकुरीले अधिकरकर्मी सावित्री सुवेदीलाई चौकीमा आफुहरुले पैसा लिन नमिल्ने भए पनि आफुहरुले कागज गराईदिने भन्दै मिल्न दबाब दिए ।

    उपचार गराउन जाँदा समेत बलत्कार भएको भनी कसैलाई नखोज्न भनिरहे ।
    सवित्रीले बलात्कृत किशोरीसहित परिवारलाई काठमाडौ ल्याएपछि ईनिस्पेक्टर अनिल ठकुरीले पटक पटक पीडित परिवार घरमा भए बलत्कारी समात्न सजिलो हुन्छ समेत भनिरहे । उनको यो भनाईमा स्पष्ट बुझ्न सकिन्छ ईनिसपेक्टर अझै पनि बलत्कारको केस मिलाउन खोजिरहेका छन् ।

    एक रातका लागि भए पनि पीडितलाई घरमा ल्याईए बलात्कार समात्न सजिलो हुने भन्दै ईनिसपेक्टर ठकुरी दबाब दिई रहे । बलत्कारीलाई खोज्नु भन्दा उल्टो पीडितलाईनै खोज्न प्रहरी लागि प¥यो जसले मिलापत्र गराउन खोज्ने प्रहरीको नियत स्पष्ट पार्दछ ।

    पीडितको परिवारमा ५ जना सदस्य छन् । किशोरीका बुवा वीरगन्जमा रिक्सा चलाउछन् । बिहान खाए साँझ के खाउ भन्ने अवस्था छ । बलात्कारको यो घटना पछि गांउमा बस्ने अवस्था छैन् । कहाँ बस्ने के गर्ने परिवारको अर्काे समस्या छ ।

    बलात्कारको घटनापछि हरीपुर पुगेकी अधिकारकर्मी सावित्री सुवेदी वडा अध्यक्ष र प्रहरीमात्र नभई अन्य धेरै व्यक्तिहरुले किशोरीको परिवारलाई मिल्नलाई दबाब दिएको बताउछिन ।source:halesinew.com

    सम्बन्धित खवर