चर्चित नायिका शिल्पा पोखरेलले चलचित्र मंगलम पछाडी अभिनय गरेको अर्को दमदार गीतको भिडियो सार्वजनिक

चर्चित नायिका शिल्पा पोखरेलले चलचित्र मंगलम पछाडी अभिनय गरेको अर्को दमदार गीतको भिडियो सार्वजनिक

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • चर्चित नायिका शिल्पा पोखरेलले चलचित्र मंगलम पछाडी अभिनय गरेको अर्को दमदार गीतको भिडियो सार्वजनिक

    काठामडौँ । गायिका भावना आचार्यको बग्ने खोला बगी गो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक शब्द शृजना सहित पछिल्लो समयका चर्चित गीतकार दीपक शर्माको शब्द र संगीतमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेलको दमदार अभिनय रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    जसमा नायिका शिल्पालाई दीपक ढकालले अभिनयमा साथ दिएका छन् । फिल्मी शैलीमा छायांकन गरिएको गीतमा शिल्पा र दीपकको गज्जबको जोडी जमेको देख्न सकिन्छ ।

    गायिका भावना आचार्यको स्वरमा सजिएको गीतको भिडियो आँफुले अभिनय गरेका गीतहरु भन्दा भिन्न रहेको नायिका शिल्पाले बताइन् । जुन गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् भने भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । जसको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन् भने निर्देशन देबेन्द्र पाण्डेले गरेका हुन् ।

     

    सम्बन्धित खवर