सिंहदरबारमा टेलिकमकी एमडीलाई बोलाएर प्रधानमन्त्रीले झाँको झारे

सिंहदरबारमा टेलिकमकी एमडीलाई बोलाएर प्रधानमन्त्रीले झाँको झारे

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • सिंहदरबारमा टेलिकमकी एमडीलाई बोलाएर प्रधानमन्त्रीले झाँको झारे

    काठमाडौ , १५ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयमा नेपाल टेलिकमका पदाधिकारीलाई बोलाएर काममा ढीलासुस्ती नगर्न चेतावनी दिएका छन् । काममा गति नलिने हो भने टायरमात्रै होइन, इञ्जिनसमेत फेरिदिने प्रधानमन्त्रीले चेतावनी दिएका छन् ।

    टेलिकमकी प्रवन्ध निर्देशक ९एमडी० कामिनी राजभण्डारी समेतका अधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले सोधे– ‘टेलीकमको आम्दानी के छ रु समस्या के छ रु जनताले पाइरहेको सेवा के छ ?’

    टेलिकमको सेवाबारे असन्तुष्ट बनेका प्रधानमन्त्रीले एमडी कामिनीलाई सोधे– ‘काम राम्रोसँग नगर्ने हो भने टायर फेरौं कि इञ्जिन रु’

    काम राम्रोसित गर्ने हो भने प्रोत्साहित गर्न सरकार तयार रहेको तर ढीलासुस्ती गरेमा कसैलाई पनि छुट नदिइने प्रधानमन्त्रीले बताए ।

    तर, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा समेत सहभागी रहेको बैठकमा कामिनीले प्रधानमन्त्रीलाई भनिन्– ‘टेलिकममा काम राम्रोसित भइरहेको छ ।’

    तर, प्रधानमन्त्रीलाई एमडी कामिनी राजभण्डारीले टेलिकममा काम राम्रोसित भइरहेको सुनाए पनि सञ्चार मन्त्रालयका अधिकारीहरु भने टेलिकम लथालिङ भइरहेको दाबी गर्छन् । र, यही भद्रगोल अवस्था देखिएकाले प्रधानमन्त्रीले टेलिकमका अधिकारीलाई सिंहदरबारमा बोलाएर सोधखोज गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

    सम्बन्धित खवर