बानेश्वरमा बाबुले २ ‘झड्केलो’ छोराको गरे हत्या आखिर किन गर्यो त हत्या ?

बानेश्वरमा बाबुले २ ‘झड्केलो’ छोराको गरे हत्या आखिर किन गर्यो त हत्या ?

  • , 2.7K जनाले हेर्नुभयो
  • 2.7K
    SHARES

  • बानेश्वरमा बाबुले २ ‘झड्केलो’ छोराको गरे हत्या आखिर किन गर्यो त  हत्या ?

    काठमाडौंको बानेश्वरमा एक व्यक्तिले आफ्नै २ ‘झड्केलो’ छोरालाई हत्या गरी आफ्नै कोठामा शव लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ।

    वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएका दिलीप यादवले करिब एक साताअघि आफ्नै ६ वर्षीय सुजन र ८ वर्षीय सुजल ‘झड्केलो’ छोराको हत्या गरेका हुन्।

    प्रहरीका अनुसार हत्या गरी उनले दुई बालक छोरालाई आफू बस्दै आएको घरको कोठामा लुकाएर शव राखेको अवस्थामा प्रहरीले फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त डिएसपी मोहन थापाले सेतोपाटीलाई जानकारी दिए।

    सोमबार (वैशाख १० गते) बालकका हजुरआमाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा  आफ्ना नातीहरू हराएको भन्दै उजुरी दिएकी थिइन्।

    बच्चा हराएको उजुरी परेपछि प्रहरीले खोजि तिब्र पारिरहेको थियो। त्यसै बेला यादवले आफूले दुबै छोरालाई हत्या गरी कोठामा लुकाएको आमालाई जानकारी दिएका थिए। उनै आमाले प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन्।

    हत्यापछि फरार रहेका यादवलाई प्रहरीले खोजीरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए।source:setopati

    सम्बन्धित खवर