मोदीको नेपाल भ्रमणमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिने सरकारको तयारी बिस्तारमा पढ्नुहोस

मोदीको नेपाल भ्रमणमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिने सरकारको तयारी बिस्तारमा पढ्नुहोस

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • मोदीको नेपाल भ्रमणमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिने सरकारको तयारी बिस्तारमा पढ्नुहोस

    अति सुरक्षा थ्रेट भएका विश्वका १० नेताहरुको सूचीमा शीर्ष स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी आगामी बैशाख २८ गते नेपाल आउदै छन् । उनी बैशाख २८ मा बिहान ९ बजे भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं अवतरण गर्नेछन् । मोदीको दुई दिने नेपाल भ्रमणको सुरक्षा तयारी सुरु गरिएको छ ।
    मोदी नेपाल भ्रमणमा रहदा उनी बस्ने होटल हायत, उनी जाने सैनिक मञ्च टुँडिखेल, राष्ट्रपति कार्यालय शीतल निवास र उपराष्ट्रपति कार्यालय बहादुर भवनको सुरक्षा अवस्था विश्लेषणसहित निगरानी सुरु गरिएको छ ।
    पत्रकार सम्मेलन आयोजना हुने होटल द्वारिकाज र भोजलगायतको सुरक्षाका लागि करिब ६ हजार सुरक्षाकर्मी परिचालनसहितको सुरक्षा तयारी थालिएको बताइएको छ ।
    उनी दिल्लीबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै जनकपुरतर्फ लाग्नेछन्। जनकपुरमा मोदीले जानकी मन्दिरमा पूजा गर्ने र नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम निश्चित भएको छ।
    २८ गते अपरान्ह उनी जनकपुरबाट काठमाडौं फर्किनेछन्। त्यसपछि होटल हायतमा केहीबेर आराम गर्नेछन्। त्यस लगत्तै उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिनेछ। टुँडिखेलबाट उनी राष्ट्रपति विद्यादेबी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास जानेछन्। त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
    काठमाडौं र जनकपुरमा रहँदा उनले भारतबाटै ल्याएका कारगेड प्रयोग गर्नेछन्। प्रधानमन्त्री ओलीले मोदीको सम्मानमा सोही दिन रात्रीभोजको आयोजना गर्नेछन्।
    दोस्रो दिन बैशाख २९ गते बिहान भारतीय प्रधानमन्त्री मोदी भ्रमण दल सदस्यसहित मुस्ताङतर्फ उड्नेछन्। उनले त्यहाँ मुक्तिनाथको दर्शन र विशेष पूजापाठ गर्ने कार्यक्रम तय भएको छ। मुक्तिनाथबाट फर्किंदा पोखरामा रोकिने वा नरोकिने अहिलेसम्म तय नभइसकेको स्रोतले बतायो। भारतीय प्रधानमन्त्रीले सोही दिन बत्तीसपुतलीस्थित होटल द्वावारिकाजमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।
    नेपालमा भारतीय बाह्य सुरक्षा एजेन्सी इन्टिलिजेन्स ब्युरोको निगरानी
    प्रधानमन्त्री मोदीको नेपाल भ्रमण निश्चित भएसँगै उनी भ्रमण गर्ने तय भएका स्थानको सुरक्षा अवस्था बुझ्न भारतीय बाह्य सुरक्षा एजेन्सी इन्टिलिजेन्स ब्युरो ९आईबी० र रिसर्च एण्ड एनालाईसिस विङ ९रअ० का अधिकारीको फरक–फरक टोली खटिएका छन्। मोदी हिँड्ने सडक, उनी पुग्ने ठाउँको सुरक्षा विश्लेषणसहित निगरानी सुरू भएको स्रोतले बतायो। भारतीय खुफिया एजेन्सीहरूले नेपाली सुरक्षा अंगले उपलब्ध गराएको सूचनाका आधारमा ती ठाउँहरूको सुरक्षा विश्लेषण तयार पारिरहेको स्रोतले जनायो।
    भारतीय प्रधानमन्त्री मोदी भारतीय गुप्तचर सूचनाका आधारमा अति उच्च सुरक्षा प्रबन्धबीच हिँडडुल गर्ने गर्छन्। उनको सुरक्षाका लागि स्पेशल प्रोटेक्सन गु्रप ९एसपीजी० का अधिकारीहरु समेत भ्रमण दलमा खटिएका हुन्छन्।
    मोदीले नेपालमा बिताउने करिब ४८ घण्टामा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषणका लागि नेपाली सेनाको गुप्तचर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो र सशस्त्र प्रहरीको उपत्यका पृतनासहित महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले अध्ययन गरिरहेका छन्।
    प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले आफू मातहतका इकाईलाई सुरक्षा निगरानीका लागि केही दिन अघि नै निर्देशन दिइएको छ। प्रहरीले सीमा–नाकामा चेकजाँचका साथै तालिमप्राप्त कुकुरको प्रयोग गर्दै निगरानी बढाएको छ।?रउश्र
    देशभरका सीमानाका, सहर र गाँउहरुमा समेत शंकास्पद गतिविधि र ब्यक्तिहरुको विषयमा सोधपुछ गर्न निर्देशन भएको हो।?रउश्र
    मोदीलाई ‘जेड प्लस’ सुरक्षा
    उनका लागि ‘जेड प्लस’ सुरक्षा प्रबन्ध हुनेगर्छ। उनको सुरक्षाका लागि एसपीजीका एक हजार भन्दा बढी अधिकारी खटिन्छन्। यस्तै उनका लागि २ वटा आम्र्मड बिएमडब्लु सेभेज सिरिज र ६ वटा बिएमडब्लुकै एक्स ३, एम्बुलेन्स हुनेगर्छन्। यो बाहेक जामर भेइकल पनि रहनेगर्छ।
    भारतीय गुप्तचर संस्थाहरुले प्रधानमन्त्री मोदीलाई सबैभन्दा बढी खतरा इस्लामिक आतंकबादी संगठनबाट भएको विश्लेषण गरेका छन्। लस्कर–ए तोयबा, जैस–ए–मोहम्मद, हिजबुल मुजाहिद्दिन, तस्रीक–ए–तालिबान र इंडियन मुजाहिद्दिनले हिटलिस्टमा राखेपछि उनको भ्रमणमा विशेष सुरक्षा प्रबन्ध अपनाइँदै आइएको छ। उनको नेपाल भ्रमणमा पनि जेड प्लस सुरक्षा रहनेछ।
    मोदी सुरक्षाका लागि बेग्लै कमाण्ड सेन्टर :
    प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सुरक्षाका लागि चारै सुरक्षा निकाय संलग्न रहेको संयुक्त सुरक्षा कमाण्ड सेन्टर गठन गरिँदैछ। त्यस्तो कमाण्ड सेन्टर कहाँ राख्ने भन्ने टुङगो भइसकेको छैन। गृहको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागितामा सुरक्षा प्रबन्धको तयारी र निर्देशनका लागि कमाण्ड सेन्टरको स्थापना हुनेछ।
    अहिले सुरक्षा चुनौतीको विश्लेषण, निगरानी र स्रोतसाधन व्यवस्थापन भइरहेको हो, भारतीय सुरक्षा अधिकारी समेत निगरानीका लागि नेपालमा रहेको बुझेका छौं,’ गृहका एक अधिकारीले नेपालखबरसँग भने

    यो पनि पढ्नुहोस् :
    मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने
    तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

    उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्ण बदली छ ।
    पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगमा बदली र मेघ गर्जनसहित वर्षा हुनेछ । केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिबेरअघि काठमाडौँका उत्तरी क्षेत्रमा मेघ गर्जन र असिनासहितको वर्षा भएको छ ।

    मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने मौसमविद् रिमालको भनाइ छ । बिहीबारदेखि विकसित मौसमी प्रणालीले बदली गराउनाका साथै मेघ गर्जनसहित वर्षा गराएको हो । केही समय आकाश खुले पनि पुनः बदली र वर्षा गराउनेछ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा २ मिलिमिटर वर्षा भएको छ । यस्तै ताप्लेजुङमा दुई र पोखरामा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

    सम्बन्धित खवर