प्रहरी बर्दीकै बेईज्जत आईजीपीलेनै गरे यस्तो घिनलाग्दो र घटिया कार्य, भोग्लान त कर्तुतको परिणाम

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • प्रहरी बर्दीकै बेईज्जत आईजीपीलेनै गरे यस्तो घिनलाग्दो र घटिया कार्य, भोग्लान त कर्तुतको परिणाम

    प्रहरी बर्दीकै बेईज्जत आईजीपीलेनै गरे यस्तो घिनलाग्दो र घटिया कार्य, भोग्लान त कर्तुतको परिणाम !
    काठमाडौं, १४ बैशाख । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी काण्डमा पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेसँगै घट्नामा सलंग्नताबारे नयाँ खुलासा भएको छ । यस विषयमा छानविन समितिले अर्यालसंग पनि बयान लिने भएको छ । बयानकालागि छिट्टै उनलाई समितिमा बोलाइने स्रोतले बतायो ।
    पूर्व डिआईजी निरौला पक्राउ परेसँगै पूर्व आईजीपी प्रकाश अर्यालको नाम पनि मुछिएको खुलासा भएको छ । उक्त सुन काण्डमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व्डिआईजी गोविन्द निरौलालाई म्याद थपका लागि विराटनगर ल्याइएको छ। गृह मन्त्रालयको छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो ।

    तस्करहरुलाई सहयोग गरेको भन्दै निरौलामाथि छानबिन थालिएको छ । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए। निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए।

    यही समयमा तस्करीमा सघाएको आरोपमा उनलाई हटाइएको थियो । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो। उक्त सुन काण्डमा पूर्व आईजीपी प्रकाश अर्यालको पनि सलंग्नता रहेको भन्दै प्रहरीको अनुशन्धानबाट खुलेको स्रोतको दाबी छ ।

    गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ। सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकालाई शंकास्पद रुपमा लिएर छानबिन समितिले गहिराईमै पुगेर जालो खोतल्ने गरी अनुसन्धान थालेको छ।

    लोहनीले आफ्नो मातहतका प्रमुख एआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पुगेको थियो । विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गर्‍यो। तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद रुपमा हेरिएको थियो।

    गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो । मुख्य तस्कर गोरे उपनाममा चुडामणि उप्रती पनि फरार छन्। प्रहरीले नै गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ।

    समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।

    समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।source:onlinepalanchok

    सम्बन्धित खवर