O MG

O MG

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • O MG

    बाजुङ्ग बस दुर्घटना, साँसद गिरीले लिए घाइतेको अवस्था बारे जानकारी
    पर्वत । साँधुरो सडक र अत्याधिक लोडका कारण कञ्चि सडकको यात्रा कष्टकर बन्दै आईरहेको छ । वडास्तरीय सडकहरुको विस्तार र त्यसको स्तरोउन्नतीको जिम्मा स्थानीय तहले लिएपनि कतिपय सडकहरुको अझै पनि स्तरोउन्नती हुन सकिरहेको छैन

    साँधुरो सडकमा मोड नपुग्दा पटक पटक सवारी दुर्घटनाहरु बढिरहेको समाचार सार्वजनिक भईरहेका छन । विहिबार पर्वतको मोदीगाउँपालिका स्थित बाजुङमा पनि सडक दुर्घटना भयो । पातिचौर बजार देखि बाजुङ जाँदै गरेको ग १ ख ६२६९ नम्बरको बस सडकबाट तल झरयो । सडकमा यात्रारत ३४ जना मध्ये १९ जना घाइते भए । घाइते मध्ये ९ जनाको तत्काल डिस्चार्ज भएपनि बाँकी १० जनाको पोखरा स्थित मणिपाल शिक्षण हस्पिटलमा उपचार भईरहेको छ । शुक्रबार मात्रै सांसद पदम गिरी र गाउँपालिका अध्यक्ष प्रेम पौडेलले घाइतेहरुको अवस्था बुझेका छन ।

    पोखरा स्थित मणिपाल हस्पिटलमा घाइतेहरुको अवस्था बुझन गएका सांसद गिरी र अध्यक्ष पौडेलले घटनाको जानकारी लिदै सडक विस्तार र दुर्घटना न्यूनिकरणमा प्रतिबद्धता जनाएको मोदी गाउँपालिकाका प्रवक्त विमल लामिछानेले जानकारी दिए ।
    कच्चि सडकमा चल्ने सवारी साधनहरुमा ओभर लोड हुने र सडकको स्तर निकै कमजोर भएकाले पनि दुर्घटनाको जोखिम सधै उच्च रहेको प्रवक्ता लामिछाने बताउँछन । दुघटनामा परेका घाइतेहरुलाई भेट गर्दै सांसद गिरीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । उनले सडकको स्तरोउन्नती गर्ने र दुर्घटना न्यूनिकरण गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको भन्दै तत्काल सडकको स्तरोउन्नती गर्न स्थानीयलाई अनुरोध गरेका गरे । दुर्घटनामा घाइतेहरुको अवस्था अहिले सामान्य रहेको छ ।

    सम्बन्धित खवर