BREAKING….अाफ्नै बुबाले गरे दुई सन्तानको हत्या Rip ..मुटु बलियो पारेर हेर्नुहोस कसरी निर्दोस सन्तानको हत्या गर्यो ?

BREAKING….अाफ्नै बुबाले गरे दुई सन्तानको हत्या Rip ..मुटु बलियो पारेर हेर्नुहोस कसरी निर्दोस सन्तानको हत्या गर्यो ?

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • BREAKING….अाफ्नै बुबाले गरे दुई सन्तानको हत्या Rip ..मुटु बलियो पारेर हेर्नुहोस कसरी निर्दोस सन्तानको हत्या गर्यो ?

    काठमाडौँ । बनेश्वरको सुकुम्बासी बस्तीमा झड्केलो बुबाले दुई बालकको हत्या गरेको आशंका गरिएको छ । वैशाख १० गते दुई नाती हराएको भन्दै मामलकी हजुरआमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन् ।

    तर हराइरहेका दुई बालकको शव शुक्रबार गाउँलेले घरभीत्रै फेला पारेका हुन् । अर्कैका दुई सन्तान लिएर आएकी महिलासँग दिलिप यादवले विवाह गरेका थिए । दिलिपले गाउँलेलाई आफूले मारेको बताएपनि गाउँलेले वास्ता गरेका थिएनन् । तर गनाउन थालेपछि शुक्रबार घर फोरेर हेर्दा शव फेला पारेका हुन् ।

    तर अहिले दिलिप भने फरार छन् । दिलिपले हराएको पहिलो दिननै मारेर फालेको छु भनेको स्थानीयले बताएका छन् ।मृतक सन्तानकी आमा भने एक महिना पहिले नै काम गर्न भन्दै विराटनगर गएकी थिइन्।

    उनले दुई छोरा र एक छोरीलाई बाबु आमासँग छाडेपनि दिलिपले फकाएर दुई छोरा भने लगेका थिए । लगेकै दिन छोराको हत्या गरेको भन्दै दिलिपले श्रीमतीलाई फोन गरेका थिए । पहिलेका श्रीमानले कान्छी ल्याएपछि एक छोरी र दुई छोरा लिएर माइत आएकी थिइन् ।

    माइत आएको एक हप्तामै उनले दिलिपसँग विवाह गरेकी थिइन् । दिलिप र उनका बुबाआमा पहिले एउटै घरमा डेरा लिएर बस्थे । यस अघिपनि उनीहरुको पटक पटक झगडा हुँदै आएको थियो । दिलिपले ल्याएका दुई सन्तानको आफूले हत्या गरेको भन्दै श्रीमतीलाई फोन गरेपछि उनले बुबाआमालाई हेर्न पठाएकी थिइन् । तर दिलिप घरमा नभएकाले प्रहरी र स्थानीयले घर फोडेर हेर्न मानेनन् । दिलिपले तेरा छोरा मारिसकें भनेर त्यही दिन फोन गरेको स्थानीयले बताएका छन् ।

    गाउँलेले अहिले पनि दिलिप र उनकी श्रीमतीलाई सम्पर्क गरेका छन् । श्रीमानले आफैं मारेको भनेपनि दिलिपकी श्रीमतीले भने दिलिपले नमारेको बताएकी छन् । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    श्रोत:सत्यसमाचारबाट

    सम्बन्धित खवर