पत्नीले नोकर बनायो भन्दै डाँको छोडेर रुदै न्याय माग्दै प्रहरी कार्यालयमा पुगे, उनको ब्यबहार देखेर प्रहरी नै परे छक्क

पत्नीले नोकर बनायो भन्दै डाँको छोडेर रुदै न्याय माग्दै प्रहरी कार्यालयमा पुगे, उनको ब्यबहार देखेर प्रहरी नै परे छक्क

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • पत्नीले नोकर बनायो भन्दै डाँको छोडेर रुदै न्याय माग्दै प्रहरी कार्यालयमा पुगे, उनको ब्यबहार देखेर प्रहरी नै परे छक्क

    एजेन्सी । दिनहुं महिला माथि भएका हिंसाका घटना समाचारमा सुने देखेका हामी नेपालीलाई यस्तो समाचार सुन्दा अचम्म लाग्नसक्छ । पितृसतात्मक समाज भएको नेपालमा यस्ता घटना सामान्य मानिन्छन् । दिनहुं महिला माथि भएका हिंसाका घटनाले समाचारका पाना भरीएका हुन्छन् ।

    भारतको उत्तरप्रदेश राज्यस्थित ग्रेटर नोएडाको दनकौर कोतवाली क्षेत्रको एक गाउँका पुरुष रुँदै रुँदै पुलिस चौकी पुगेका छन् । उनले आफु पत्नीवाट अन्यायमा परेको भन्दै रुंदै प्रहरी चौकी पुगेका हुन् । भारतमा पनि नेपालमा जस्तै महिला माथि हिंसा भएका घटना धेरै सुन्ने गरिएको छ । त्यसैले ति पुरुषको अवस्था देखेर चौकीका प्रहरी समेत चकित परे ।

    उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही माग गरेपछि प्रहरीहरु पनि चकित परेका हुन् । निकै पिडामा देखिएका ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । तीन वर्ष अघि विवाह भएका ति ब्यक्तिले आफ्नी पत्निले आफुलाई नोकर जस्तै काममा दलाउने गरेको बताए ।

    बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

    पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । ससुरालीमा गएर पत्नीका बारेमा बताए पछि माइतिमा आफ्नो बेइज्जत गरेको भन्दै पत्नीले झन सताउन थालेको उनले उजुरीमा उल्लेख गरेका छन् ।

    आफुले भनेको नमाने पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् । घरको सबै काम सकेर कार्यालय जान ढिला भएका कारण जागिरवाट समेत निकालीदिएको उनको गुनासो छ ।

    पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।

    सम्बन्धित खवर