बिर्तामोडको होटलबाट तीन युवती…

बिर्तामोडको होटलबाट तीन युवती…

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • बिर्तामोडको होटलबाट तीन युवती…

    झापा– बेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले बिर्तामोडको एक होटलमा छापा हानी तीन युवतीसहित नौ जनालाई पक्राउ गरेको छ । बिर्तामोडको कृषिथोक बजारस्थित आँगन होटल एण्ड लजमा छापा हानी प्रहरी सञ्चालकसहितलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा ५ भारतीय र ४ जना नेपाली रहेको इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । पक्राउ पर्नेहरुमा धिरजकुमार राय, चन्दनकुमार सिन्हा, गौतमकुमार सिंह र निमा शेर्पा छन्। उनीहरु भारतीय नागरिक हुन् । त्यस्तै अभिषेक चम्लागाईं, निर्मल घिमिरे, सुजता तामाङ र आशिका कोईरालालाई पनि प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।

    होटलका केही सञ्चालकहरु भने फरार छन् । बिर्तामोड क्षेत्रमा बेश्यावृत्तिको धन्दा चलाउने एक सय भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ । धन्दा चलाउँदै खोलिएका दर्जन होटलहरु बन्द भइसकेका छन् ।

    सम्बन्धित खवर