काठमाडौं – काठमाडौं सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ ।
केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ । विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ ।
सरकार र विप्लव पार्टीवीच तनाव बढिरहेका बेला सो पार्टीले नेपाल बन्द बोलाएको हो । बैशाख २२ गत नेपाल बन्द आब्हान गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा छ ।