साउदी जेलमा मृत्यु दण्ड कुरिरहेका उमेशले पाए क्षमा ,अव छिट्टै फर्कन नेपाल आउनेछन् कृपया शक्दो SHARE गरिदिनुहोला

साउदी जेलमा मृत्यु दण्ड कुरिरहेका उमेशले पाए क्षमा ,अव छिट्टै फर्कन नेपाल आउनेछन् कृपया शक्दो SHARE गरिदिनुहोला

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • साउदी जेलमा मृत्यु दण्ड कुरिरहेका उमेशले पाए क्षमा ,अव छिट्टै फर्कन नेपाल आउनेछन् कृपया शक्दो SHARE गरिदिनुहोला

    पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका उमेश यादवले मृतकको परिवारबाट क्षमा पाएका छन् ।
    साउदी अरबको अदालतले उमेश यादवलाई २०१८ को अप्रिल १५ का दिन मृत्युदण्ड सुनाएको र पुनरावेदनमा अपिल गर्न २८ दिन दिएकोले मृतक पाकिस्तानी नागरिकका परिवारबाटक्षमा पत्र लिन अभियन्ता सरोज राय गत हप्ता पाकिस्तान गएका थिए ।
    साउदी अरेबियाको अदालतले यादवको टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने अहिलेसम्म गरेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई साउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको थियो ।यादव धनुषाको माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवका साइला सन्तान हुन् । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादिन कम्पनीमा छ महिना काम गरेका थिए ।
    केही दिनअघि लोकान्तरसँगको कुराकानीमा अभियन्ता सरोज रायले माफिपत्रमा परिवारले सही गर्ने सम्भावना रहेको बताएका थिए । मृतकको परिवारले बुधबार(आज) उमेश यादवलाई क्षमादान दिएको जानकारी दिएका छन् । अब यादव छिटै नेपाल फर्किन पाउँनेछन् ।

    यो पनि पद्नुहोस
    काठमाडौं — हामी सिमिकोटमा रोडको काम गरिरहेका थियौं । मसँगै अरु कामदाहरु पनि काममा व्यस्त थियौं । दिउँसो करिव पौने ४ बजेतिर हामीले हुम्ला सदरमुकाम सिमिकोटबाट जहाज उडेको देखेका थियौं । तर एयरपोर्टबाट उडेको करिव ४/५ मिनेटमा हामीले फेरि जहाज देख्यौं । हामीले ठान्यौं कि अर्को जहाज आएछ सिमिकोटमा । तर होइन रहेछ । अघि उडेकै जहाज फर्किएको रहेछ ।हामीले दोस्रोपटक देखेको जहाज सधैँ उड्ने रुट भन्दा फरक रुटबाट उडेको देखेपछि सोच्यौं कि यो जहाजमा केही खराबी आयो। जहाज अन्य समय भन्दा निकै तलबाट उडेको थियो । त्यही भएर हामीले अड्कल काटिसकेका थियौं जहाजमा खराबी छ र त्यो जहाज कहीँ गएर दुर्घटनामा हुन्छ भन्ने ।हामी केहीबेर काम छाडेर उक्त जहाज हेर्न थाल्यौं । जहाज ठ्याक्कै कर्णाली नदीको बीचभन्दा ठ्याक्कै माथिबाट उडेको थियो । मलाई फोटो र भिडियो खिचौं कि जस्तो लागेको थियो । तर गतिलो मोबाइल नभएकोले त्यतातिर खासै ध्यान दिइनँ । बरु मैले अब कहाँ गएर दुर्घटना हुन्छ र दुर्घटना भएपछि जहाजमा रहेकालाई कसरी बचाउन सकिन्छ भन्नेतिर सोच्न पुगेँ ।हेर्दा हेर्दै जहाज सिमिकोटको स्यागास्यागा भन्ने ठाउँमा खस्यो । हामीले हर्दा हेर्दै जहाज कर्णाली नदीनजिकै पुगेको थियो । सायद जहाजको इन्जिज स्टार्ट बन्द भएको थियो होला । जहाज सामान्य अवस्थामा भन्दा फरक गतिमा उडेको थियो । त्यत्तिकैमा चालकदलका सदस्यले ढोका खोले र हामफाले । जहाज कर्णाली नदीमा खस्यो । जहाजलाई नदीले बगाएर लग्यो ।

    हाम्रो मन पनि ढुकढुकी भयो । हामीले एकछिन त केही सोच्नै सकेनौं । अब के गर्ने कसो गर्ने मात्रै भयो । कहाँ गएर ठोक्किने हो भन्ने मात्रै भएको थियो। मलाई लाग्छ चालकदलले नदी माथि लैजानुको कारण चाहिँ खसिहाल्यो भने पनि नदीमा परेर जहाजमा आगो लाग्दैन केही गरी बाँच्न सकिन्छ कि सोचे होला । उनीहरुलाई डाँडाँतिर जहाज लैजाँदा ठोक्किएर आगो लाग्न सक्छ भन्ने लागेको हुन सक्छ ।हामी हामफालेका पाइलटलाई बचाउन भनेर जाँदै थियौं । उतिनखेरै हेलिकोप्टर आयो । सायद पाइलटले जहाज खस्नुपहिले नै टावरमा दुर्घटना हुँदै छ भन्ने जानकारी दिएका थिए होला ।हेलिकोप्टर त आयो तर उसले कहाँ दुर्घटना भएको हो भनेर पत्ता लगाउन सकेन र घुमेको घुम्यै भयो । तत्काल मैले हुम्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेँ र भने, ‘हेलिकोप्टर घुमिराखेको छ, दुर्घटना भएको स्यागास्यागा भन्ने ठाउँमा हो। तपाइँसँग हेलिकोप्टरका पाइलटसँग कुरा हुन्छ भने भनिदिनुहोला ।’सायद सिडिओ सरले भन्दिनुभएछ कि के हो, हेलिकोप्टरले दुर्घटनास्थल पहिचान गर्‍यो र उद्धार गर्‍यो । चाँडै नै उद्धार गर्न सफल भएकोले दुवै जनाको जयान बचेको छ ।दानबहादुर रावलसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित । रावल विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रमका सव-इन्जिनियर हुन् ।

    source:postkathmanduबाट

    सम्बन्धित खवर