समाचार समाज मध्यरात जग्गेमै प्रहरी पुगेपछि बालविवाह रोकियो

समाचार समाज मध्यरात जग्गेमै प्रहरी पुगेपछि बालविवाह रोकियो

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • समाचार समाज मध्यरात जग्गेमै प्रहरी पुगेपछि बालविवाह रोकियो

    जनकपुर- धनुषामा हुँदै गरेको अवस्थामा बालविवाह रोकिएको छ। उमेर नपुगी बिहा गर्न लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकेको हो।

    धनुषाधाम नगरपालिका ५ पर्वता टोलमा बुधवार राति करिब पौने ११ बजे विवाहको लागि यज्ञ भइरहेको ठाउँमा पुगेको प्रहरी टोलीले विवाह रोकेको हो।

    पर्वता बस्ने श्यामपृत महतोकी १५ वर्षीया छोरी अनिताकुमारी र छिमेकी जागेश्वर महतोका १८ वर्षीय छोरा मिथिलेशकुमारबीच हुन लागेको थाहा पाएपछि प्रहरीले रोक लगाएको हो।

    बालविवाह भइरहेको खबर स्थानीय एक व्यक्तिले जिप्रका धनुषामा फोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी उमाप्रेमपुरका इन्चार्ज धर्मराज ढकालको नेतृत्वमा गएको टोलीले विवाह रोकेको हो।

    प्रहरीका अनुसार अनिता र मिथिलेसबीच प्रेम सम्बन्ध भएकोले दुवैका अभिभावकहरुले अहिले नै बलपूर्वक बिहे गराउन दबाब दिएका थिए। वडा नं ५ का वडाध्यक्ष इन्द्रकुमार महतोले बालविवाह रोकेर प्रहरीले सही काम गरेको बताए। बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम ठाउँठाउँमा गरिनुपर्ने उनको भनाइ छ।

    सम्बन्धित खवर