सुरु भयो गृहमन्त्री बादल र पूर्व सहकर्मी विप्लपको लुकामारी, चेतावनी दिदै मन्त्रीले भने जनसत्ता ब्युँत्याएर मात्र हेर के हुन्छ तिम्रो हालत

सुरु भयो गृहमन्त्री बादल र पूर्व सहकर्मी विप्लपको लुकामारी, चेतावनी दिदै मन्त्रीले भने जनसत्ता ब्युँत्याएर मात्र हेर के हुन्छ तिम्रो हालत

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • सुरु भयो गृहमन्त्री बादल र पूर्व सहकर्मी विप्लपको लुकामारी, चेतावनी दिदै मन्त्रीले भने जनसत्ता ब्युँत्याएर मात्र हेर के हुन्छ तिम्रो हालत

    काठमाडौँ/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।

    अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था बुझ्न नेपाल(कोरिया मैत्री अस्पतालमा पुगेका गृहमन्त्री बादलले यस्तो चेतावनी दिएका हुन् ।

    ‘अब जनसत्ता व्युँताउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम ढंगले नियन्त्रण गर्छ,’ उनले भने,’कुनै पनि आतंकको नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ ।’

    थापाले घुमाउरो भाषामा विप्लप समूहलाई आतंकारी गरी गतिविधि नगर्न समेत चेतावनी दिएका छन् । उनले स्थायी सरकार गठन भएको स्मरण गराउँदै केही तत्वहरु अहिले कम्युनिष्ट एकता भाँड्न लागेको बताए ।

    थापाले कम्युनिस्ट एकता भाँड्न विभिन्न कोणबाट आतंक फैल्याउने काम भइरहेको भन्दै मेयरमाथिको आक्रमण पनि त्यसैको एक कारण भएको बताए ।

    मेयर श्रेष्ठलाई भेटेपछि संक्षिप्त कुराकानी गर्दै उनले नेकपा एमाले र माओवादीबीचको एकता प्रक्रिया सबै टुंगिएको प्रष्ट पारे । अब एकताको मिति घोषणा हुन मात्र बाँकी रहेको थापाले बताए ।

    ‘हामी वैशाख ९ मै पार्टी एकता गर्न चाहन्थ्यौँ,’ उनले भने, ‘केही सामान्य कारणले त्यो हुन सकेन, अब छिट्टै दुई पार्टी एक हुन्छन् । यो हाम्रो मात्र होइन जनताको पनि माग हो ।’

    सम्बन्धित खवर