सल्युट छ बहादुर प्रहरीलाई, जोखिम मोलेर यसरी निकाले सेती खोचबाट महिलाको शव (भिडियो सहित)

सल्युट छ बहादुर प्रहरीलाई, जोखिम मोलेर यसरी निकाले सेती खोचबाट महिलाको शव (भिडियो सहित)

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • सल्युट छ बहादुर प्रहरीलाई, जोखिम मोलेर यसरी निकाले सेती खोचबाट महिलाको शव (भिडियो सहित)

    तनहुँको शुक्लागण्डकी–४ र ८ को सिमानामा पर्ने सेती खोचँबाट शसश्त्र प्रहरीले एक महिलाको शव निकालेको छ । रक गार्डेन नजिकै बुधवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । पानीमा तैरिरहेको शव निकाल्न प्रहरीलाई ३ घण्टा लागेको थियो । क्षेत्रीय विपद व्यवस्थापन कार्य दल कालीका गण पोखराबाट सशश्त्र प्रहरी निरिक्षक विपिन डेसारको नेतृत्वमा आएको ९ जनाको टोलीले शव निकालेको हो । सेती किनारमा अग्लो भिर भएकाले ‘¥याप्लीङ एण्ड क्लाइबीङ’ को सामाग्री प्रयोग गरि शव उद्धार गरिएको सशश्त्र प्रहरी निरिक्षक डेसारले बताए ।

    शव कास्कीबाट बगाएर ल्याएको अनुमान गरिएको छ । ‘एक हप्ता अघि पोखराको रामबजारबाट एक महिला हराएकी थिइन, सोहि महिलाको शव हुन सक्छ, डाडाँको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोविन्द पुरिले भने । उनले विहिवार पोष्टमार्टम पछि थाहा हुने बताए । वडा प्रहरी कार्यालय रामबजारमा एक हप्ता अघि ४८ वर्षिय बालुकारी गिरी हराएको भनि निवेदन परेको डिएसपी पुरिले पुष्टि गरे । शव फेला परेको थाहा पाएपछि गिरीका आफन्त सम्पर्कमा आएको उनले बताए । आफन्तले एकिन गरेपछि शव बुझाइने प्रहरीले जनाएको छ ।

    भिडियो हेर्नुहोस् यसरी निकालिएको थियो शवलाई

    सम्बन्धित खवर