विहानको समय थियो सोच्दै नसोचेको घटना पाँच दिनकी सुत्केरी श्रीमती….

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • विहानको समय थियो सोच्दै नसोचेको घटना पाँच दिनकी सुत्केरी श्रीमती….

    कुरा सोमबार असोज ३० गते २०७४ को हो । म आफ्नै अफिसमा समाजिक सञ्जाललाइ नियाल्दै थिए । विहानको समय थियो । एका एक फेसवुकका भित्ताभरी “कस्तो दुख्द खबर सुन्नु पर्यो,” “सोच्दै नसोचेको घटना भएछ,” “आज गाउमा नाराम्रो घटना घटेछ एक्दमै दुखी छु,” “उफ यस्तो त आफू माथी लाग्ने सत्रुलाइ नि यस्तो नपरोस,” “हे भगवान यो के सुन्नु पार्‍यो,” “मलाइ त बिस्बासै लाग्या छैन गाउमा यस्तो भयो भन्ने ।”

    हो समाजिक सञ्जालहरुमा यस्तै अपुष्ट खबर छरपष्ट आइरहेका थिए । विषय वस्तुको बारेमा कसैले पनि स्पष्ट नलेख्दा मनमा निक्कै कौतुहलता छायो अनि धेरै साथी हरुलाइ एसएमएस गरे, हैन बास्ताबिकता के हो ? जबाफ कुनै साथीबाट पनि आएन । मन भरी कौतुहलता त छदै थियो तर विवशता बिहानको समय मेरो अफिसको कामको उच्च चापका कारण त्यस बिषयमा विस्तृत बुझ्ने मसंग समय भएन ।

    सोचँे गाउको कोहि सामान्य मान्छेको मृत्यु भए होला । बिहानको डिउटी सक्काएर ११ः३० वजे खाना खाए । तिहारको समय भएकाले मेरो अफिसको कामको चाप अल्लि बढी हुने । केही समयको आराम पछि म दिउँसोको डिउटी तर्फ लागे ।दिनभरी काम मा ब्यस्त भएकाले त्यस बिषयमा ध्यानै भएन साँझ अफिसको काम सक्काए पछि करिब पाँच बजेको सेरेफेरोमा मैले फेसबुकको म्यासेन्जर हेरे, फेसबुकमा शुभ प्रतीक न्यौपाने दाजुले एसएमएसको रिप्लाइ दिनु भएको रैछ, उहाले लेख्नु भएको थियो “भाइ अर्चलपाटा ख्यामुको दुबै मिर्गौला फेल भएर मृत्यु भएछ कस्तो नराम्रो कुरा सुन्नु पर्यो” मैले विशेश उत्सुकताका साथ भने, “होर एक्दमै दुःख लाग्यो ।” मैले अझै पनि को मान्छेको मृत्यु भएछ चिनिन र अरु कसैको नाम सुनाए ।

    पुन प्रतीक दाइले थप्नु भयो, “होइन अर्चलपाट जिम्मालको नाति थाहा छैन र भन्या ? कोरियाबाट आएको के ।” फेरि मैले प्रश्न गरे “दाइ फोटो छ र ?” प्रतीक दाइले तत्कालै फोटो पटाउनु भयो म छाँगाबाट खसे जस्तै भए मेरो हृदय नराम्रो सङ्ग भक्कानियो प्रतीक दाइले फेरि लेख्नु भयो, “अब त चिनेउ होला नि ल हेर त !” मैले जावाफ दिन्छु, “अँ दाइ चिने भुसाल केपि सर्बाहारा हैन्न र ?”

    प्रतीक दाइले फेरी भन्नू भयो, “हो भाइ” तत्कालै मैले अर्को एसएमएस रिप्लाइ गर्छु, “दैबको लिला आस्ति भर्खर खुरा भएको थियो उनको र मेरो,” प्रतीक दाइले थप्नु भयो, “हो भन्या सहि मान्छे हुन यार के गर्नु लास्टै दुख लाग्यो भाइ ।” एउटा महान बिचारक र अशल नागरिक हाम्रो भुमिले गुमायो मैले लेखे, “सहि कुरा गरेउ नारन भाइ हामीले राम्रो मान्छे गुमाएका छौ घरमा के हालत भए होला बिचार गर त” प्रतीक दाइले जवाफ फर्काउनुभयो ।

    “मान्छे त जन्मी रहन्छन पलपलमा तर अशल बिचारक कमै जन्मन्छन अथावा जन्मदैनन पनि” मैले भने ।श्रीमती पाँच दिन कि सुत्केरी छिन, छोरा जन्माएकी छिन रे, नानी पनि चार वर्षकीछन ।” प्रतीक दाइले फेरि लेख्नु भयो । अघिल्लो खबरले मेरो मन भक्कानिएको त थियो नै तर यतिवेला भने आँखा रसाए, प्रतीक दाइको यो कुरा सुने पछि ।म आफुलाइ थाम्नै सकिन र एक्कासी बररर आँसु नै खसेछ भुइमा ।

    आफैलाइ समाल्न गारो होला जस्तो भयो नजिकैको तौलीयाले आँसु पुछेँ र फेसवुकलाइ बन्द गरेँ ।पर्वतको विहादी गाँउपालीका ४ वहाकी लिङ्सीङ् अर्चलपाटामा जन्मेका हुन भुसाल केपी सर्वहारा अर्थात ( खेम प्रसाद भुसाल) ।सरल स्वभावका निक्कै मिजाशिला सामाजिक चेतनाले भरिपुर्ण सर्वहारा कसैको आँखामा हालेर पनि नविजाउने थिए ।आज उनको निधनले म मात्र हैन पुरै गाँउ वस्ती नै सोकमा डुवेको छ गाउँमा छँदा सधै सकिक्रिय हुने केपी पछिल्लो क्रममा घरको स्थीतीका कारण रोजगारका लागि दक्षिण कोरियामा थिए ।दशैँ भन्दा अगाडि गाँउमा फर्केका केपी थुप्रै साथीहरु संगको भेटघाटमा वेस्त भए ।

    दुवै मृगौला फेल भएको र अव उपचार द्धारा पनि निको हुनै नसक्ने भुसाल केपी सर्वहारालाइ थाहा थियो । परिवारका सादस्य, आफन्त र साथीभाइले यो कुरा थाहा पाउँदा चिन्ताले निक्कै सताउला भन्ने ठानेर सकभर यो कुरा गोप्य राख्न खोजे तर समस्या लुकाएर कहाँ लुक्दोरहेछर त्यो एक दिन बाहिर आयो । उपचारमा पनि धेरै प्रयास भयो धेरै रकम खर्च भयो तर केपी हामीलाइ रुहाउँदै सधैँको लागि छाडेर गए ।

    उनले संधै भन्ने गर्थे, “म एक सामान्य व्यक्ति हुँ मलाइ आफुलाइ खुसी हुनु भन्दा पनि अरुलाइ खुसी बनाउनुमा धेरै आनन्द लाग्छ ।” तर आज उनको यो वाक्यांसले धेरै जनालाइ झन रुने बनाएको छ । हुन पनि हो यथार्थमा केपी आफ्नो खुसीको लागि कहिल्यै वाँचेनन अरुको खुसी र सम्मानका लागि आफ्नो श्रम र पसिना खर्चिरहे ।उनको एक अमुक इच्छा थियो म समाजमा रहेका विछडिएका वर्ग, गरिव वर्ग र सर्वहारा वर्गको लागि सँधै संघर्ष गरिरहने छु ।

    मलाइ लाग्यो उनी सयौँ बर्ष बाँच्नेछन र लाखौँ लाख सर्वहारा वर्गकै पक्षमा जीवन्त लडिरहनेछन खेम प्रसाद भुसालले आफ्नो सामाजिक सञ्जालमा विस्तविक नाम हटाइ भुसाल केपी सर्वहारा राखेका थिए । पछि उने केपी सर्वहारा मात्र राखे आफ्नो सामाजिक सञ्चालन अर्थात फेसवुकको नाम ।सर्वहाराको निम्ती लड्ने मान्छे आफै सर्वहारा भएर यो संसार छोडेर गए किन कि उनलाइ भगवानले पनि वचाउन सकेनन ।भुसाल केपी सर्वहारालाइ जव मृगौलाको रोगले सताउँदै गयो तव उनले आफ्नो फेसवुकमा यसरी लेखे, “शायद जीवनमै पहिलो पटक होला भाईरल ज्वरोले म यसरी थला परेको !थोरै समय भित्रमा अनेकौँ कामहरू सिध्याउनु छ, भित्र मन जलिरहेको छ ! तर पनि मनलाई सान्त्वना दिन हरपल प्रयासरत त छु नै ! जीन्दगीमा अनेक अवरोधहरू सामना गर्दा बरू मन अत्तालिएको थिएन तर बिरामी पर्दा मन अलिक कमजÞोर अवश्य नै हुँदो रहेछ ! समयले पनि यसपटक राम्रैसँग ठग्यो मलाई “हलो अडकाउने गोरू पिट्ने” गरेर । हो आज उनको यो अनुच्छेद पढ्दा मन फेरी भक्कानिन्छ अनि मनलाइ समाल्नै सक्दिन ।

    आज असोज ३० गते अर्थात सोमबार भुसाल केपीको श्रीमती पनि सुत्केरी भएको आज ठक्कै पाँच दिन भएछ । उनले घरमा तेजस्वी छोरो त जन्माइन तर आफ्नो सन्तानको सफल जीन्दगी आफ्नो श्रीमानलाइ प्रत्यक्ष देखाउनमा असर्थ भइन ।पाँच दिनकी सुत्केरी विचरी केपी सर्वहाराको श्रीमती आफ्नो श्रीमानको स्वर्गारोहण हुँदा असक्त जिउ लिएका थुप्रै पटक मुर्छा परिनले । उनलाइ समाल्नै गारोभयो रे । केपीको मृतुमा सिङ्गो गाउँपालीका नै भक्कानीयो र स्तव्ध भयो रे ।

    केपीले आफ्नो भर्खर जन्मेको नवजात छोराको मुख देखे, छोरो रोएको पनि सुनेँ तर वावा भनेर वोलाएको अनि ताते ताते गरेर हिनेको देख्न पाएनन ।सायद केपी जीवनको अन्तिम घडिमा श्रीमतीको त्यो अवस्था देखेर पलपल रौका थिए होला अनि भक्कानिएका थिए होला अनि मुर्छित पनि भएहोलान ।भगवानले पनि दया गर्न सकेनन उनीहरुको त्यो अवस्थालाइ २५ देखी ३२, ३३ वर्षको त्यो उमेरमा थुप्रै सपनाहरु थिए होला केपी दम्पतीको तर आज त्यो सपना नराम्रो संग उदाङ बनेको छ ।

    खै अवको जीवनमा आफुलाइ कसरी समाल्छीन केपीकी श्रीमती । अनि अवको यात्रालाइ कसरी अगाडि वढिाउँछीन केपीको श्रीमती ।जीवनको रस राम्रो संग पीउन नपाँदै आज उनी साहारा विहिन भएकी छन भुसाल केपीले यो संसार छोडेर जाँदैछन भन्ने जानेर होला भगवानले उनको घरमा छोरी जन्माइदिए, अनि छोरा जन्माइदिए तर त्यो शिशुले आफ्नो वावाको काखको न्यानोको आभास गर्न नपाउने भयो ।मैले घटनाको विषयमा जानकारी पाए पछि थुप्रै पटक भगवान संग हात जोडेर भनेँ हे भगवान संसारमा जन्म दिएर पनि यसरी वैँसमै किन मारेउ । यरी मार्नु नै थियो भने वरु जन्म नदिएको भएनी हुन्थ्यो नी । कमसेकम श्रीमती र वाउआमालाइ यति धेरै चोट सहनु पर्ने त थिएन ।

    फेरी भगवान संग दुइ हात जोड्दै प्रथाना गर्छु मर्नु त जीवनमा एक चोटी सवैलाइ छँदैछ तर फर्खरै धर्तीमा खसेका यी दुइ सन्तानलाइ अव सुन्दर भविस्य देउ । वावुको सपना पुरा गर्न सक्ने सक्षम खेलाडी बनाइदेउ ।अनि बच्चाको आमालाइ पनि संघर्ष संग जुध्न सक्ने सक्ति प्रदान गर र भगवान भर्खरै तिमीले लगेका भुसाल केपी सर्वहार (खेम प्रसाद) लाइ स्वर्गमा पनि राम्रो स्थान देउ ।आज मात्रै स्वर्गारोहण भएका भुसाल केपी सर्वहार (खेम प्रसाद) प्रति फेरी पनि हार्दिक श्रद्धाञ्जली । यो लेख हामीले चौतारीअनलाइनबाट लिएका हौ।

    साभार

    सम्बन्धित खवर