बिहानै दुखद खबर : बैतडीमा दुई शव फेला….

बिहानै दुखद खबर : बैतडीमा दुई शव फेला….

  • , 11.2K जनाले हेर्नुभयो
  • 11.2K
    SHARES

  • बिहानै दुखद खबर : बैतडीमा दुई शव फेला….

    बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका –३ रुद्रेश्वरका ३० वर्षीय धीरजकुमार बोहरा चौलानी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार साँझ दार्चुलाबाट बैतडी आउने क्रममा बोहरालाई नदीले बगाएको थियो । मृतक बोहराको चौलानी नदी किनारमा बुधबार  बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    मृतकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । यस्तै पाटन नगरपालिका –८ खोड्पे बजारभन्दा केही पर सडकबाट ३ सय मिटर तल खसेको एक वेवारिशे शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुषको शव फेला परेको प्रहरी चौकी खोड्पेका प्रहरी सहायक निरीक्षक दुर्लभसिंह साँकीले बताए ।

    शवको कस्को हो भन्ने कुरा नखुलेको  उनले बताए । शव सडेको अवस्थामा रहेकाले केही दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । बुधबार दिउँसो प्रहरीको टोली घटनास्थल पुगेको थियो ।source:infokhabar.com

    सम्बन्धित खवर