यस्तो छ नितम्ब र तिघ्रा ठुलो हुनुको अर्थ !

यस्तो छ नितम्ब र तिघ्रा ठुलो हुनुको अर्थ !

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • यस्तो छ नितम्ब र तिघ्रा ठुलो हुनुको अर्थ !

    एजेन्सी । डायविटिज विशेषज्ञ डाक्टर नोर्बर्ट स्टीफनले यो शोधको समर्थन गर्दै भनेका छन्, ‘स्वस्थ्य वजन भएका ती व्यक्तिहरु बढी दुरुस्त हुन्छन्, जसको शरीरको आकार स्याउको तुलनामा नासपानीको जस्तो हुन्छ ।’

    नितम्ब र तिघ्रा बोसो रहने सुरक्षित स्थान हो । उनले भने, ‘पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो ठिक हुन्छ ।’

    यो शोधका अनुसार पेटको बोसोले रगतमा फ्याटी एसिड बढी छोड्दछ । यसका कारण डायबिटिज, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढाउने गर्दछ ।

    यस्तै नयाँ अध्ययनअनुसार जो तौलका हिसावले फिट रहन्छन् तर नितम्ब, तिघ्रा र खुट्टामा फ्याट बढी भए पनि उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको सम्भवना कम रहने गर्दछ।

    सेल रिसर्च जर्नलमा यो अध्ययन रिपोर्ट प्रकाशित छ । यो अध्ययनका अनुसार जुन व्यक्तिको तल्लो भागमा फ्याट कम हुन्छ, उनीहरुमा हृदयरोग र मृत्युको सम्भावना बढी हुन्छ ।

    यद्यपि यो शोध मोटाघाटा मानिसमा लागु हुँदैन ।यसको कारण यो हो कि मोटाघाटा व्यक्तिको फोक्सो र मुटु वरपर बढी बोसो हुने गर्दछ र त्यस्तो अवस्थामा हृदयघातको सम्भावना पहिला नै बढी हुन्छ

    सम्बन्धित खवर