साउदीको जेलमा मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमा

साउदीको जेलमा मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमा

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • साउदीको जेलमा मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमा

    काठमाडौं – पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका उमेश यादवले मृतकको परिवारबाट क्षमा पाएका छन् । साउदी अरबको अदालतले उमेश यादवलाई २०१८ को अप्रिल १५ का दिन मृत्युदण्ड सुनाएको र पुनरावेदनमा अपिल गर्न २८ दिन दिएकोले मृतक पाकिस्तानी नागरिकका परिवारबाट क्षमा पत्र लिन अभियन्ता सरोज राय गत हप्ता पाकिस्तान गएका थिए ।

    साउदी अरेबियाको अदालतले यादवको टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने अहिलेसम्म गरेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई साउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको थियो ।

    यादव धनुषाको माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवका साइला सन्तान हुन् । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादिन कम्पनीमा छ महिना काम गरेका थिए ।

    केही दिनअघि लोकान्तरसँगको कुराकानीमा अभियन्ता सरोज रायले माफिपत्रमा परिवारले सही गर्ने सम्भावना रहेको बताएका थिए । मृतकको परिवारले बुधबार(आज) उमेश यादवलाई क्षमादान दिएको जानकारी दिएका छन् । अब यादव छिटै नेपाल फर्किन पाउँनेछन् ।source:news18nerpal.com

    सम्बन्धित खवर