प्रभु येशूलाई ग्रहण गरेको भन्दै यी महिला सांसदको पिताले छोरीको सबै सम्पत्ति जलाईदिए

प्रभु येशूलाई ग्रहण गरेको भन्दै यी महिला सांसदको पिताले छोरीको सबै सम्पत्ति जलाईदिए

  • , 8.7K जनाले हेर्नुभयो
  • 8.7K
    SHARES

  • प्रभु येशूलाई ग्रहण गरेको भन्दै यी महिला सांसदको पिताले छोरीको सबै सम्पत्ति जलाईदिए

    प्रभु येशूलाई ग्रहण गरेको भन्दै यी महिला सांसदको पिताले छोरीको सबै सम्पत्ति जलाईदिए

    १३ बैशाख । प्रभु येशूलाई ग्रहण गरेको भन्दै एक नाईजेरियन महिला सांसदको पिताले छोरीको सबै सम्पत्ति जलाईदिएको कुरा सार्वजनिक भएको छ ।

    गत आईतबार अदामावा राज्यको राजधानी योलामा प्रेज इन्टरनेशनल चर्चमा भएको संबिधानबिदहरुको जमघटमा सिनेटर बिन्ता मसि गर्बाले आफ्नो बिश्वासको कारण मूल्य चुकाउनु परेको घटनाको स्मरण गरेको कुरा नाईजेरियन दैनिक पत्रिका द पन्चले (The Punch) जनाएको छ ।

    समाचारपत्रको रिपोर्ट अनुसार उक्त दिन सिनेटरको पचासौ बर्षको जन्मदिनमा आदर स्वरुप धन्यबादको सेवा गरिएको थियो । त्यस समयमा गर्वाले भाव विव्हल भएर आशु झार्दै कठीन समयहरुमा प्रभु येशुलाइ आफ्नो चट्टान भएर रहेको श्रेय दिईन ।

    उनले मुस्लिमबाट क्रिश्चियन बनेका अरु धेरै व्यक्तिहरु जस्तै प्रभु येशूलाई मुक्तिदाताको रुपमा ग्रहण गरेदेखि धेरै खरावभन्दा खराव परिणामहरु भोग्नु परेको कुरा सुनाईन ।

    बिन्ताले भनिन, प्राईमरी स्कुल पढ्ने समयमा नै मैले आफ्नो जीवन येशुलाई समपर्ण गरे । यस कामबाट रिसाएका पिताले मसँगभएका सबै थोक जलाईदिए । येशूको नाउको खातिर मैले धेरै दुख पाएँ । उहाँको अनुग्रह नभएको भए मसँग केही पनि हुने थिएन । परिवारबाट त्यागिएको बच्चा उसको बिश्वासको कारण अहिले एउटा कुनेढुगंगो भएको छ । सबै महिमा म उहाँलाई दिन्छु ।

    नाइजेरियन संघिय भवन सभामा सन १९९९ देखि २०११ सम्म सेवा गरेपछि गर्वा सन २०१५ मा सिनेटरमा चुनिएकि थिइन । उनी नाइजेरियन सिनेटरको महिला मामला हेर्ने समितिको अध्यक्ष पनि हुन ।

    धन्यवादको सेवामा नाईजेरिया क्रिश्चियनका उपाध्यक्ष येमी ओसिन्बाजो, यातायात मन्त्री रोटिमी अमाएची, सिनेटर नेल्सन एफ्फिओगं, सरकारका सचिव मुस्ताफा आदि जस्ता व्यक्तिको पनि उपस्थिति थियो ।

    नाईजेरिया क्रिश्चियनका उपाध्यक्ष येमी ओसिन्बाजोले नाईजेरियामारहेका क्रिश्चियनहरुको लागि प्रार्थना गर्न धन्यबाद सभामा उपस्थित चुनिएका सरकारी अफिसर र सभाजनहरुसँग अनुरोध गरेका थिए ।

     

    गर्वाले सरकारी सेवामा प्रशस्त क्रिश्चियनहरु चुनिनु आवास्यक रहेको बताईन । अहिलेको सख्या धेरै छैन । उनले बिश्वासीहरुलाई राजनीतिका अझै बढी सकृय रहन आग्रह पनि गरेकी छन ।

    सम्बन्धित खवर