प्रचण्डको फोटो राखेको भन्दै नेपाल टेलिकमलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

प्रचण्डको फोटो राखेको भन्दै नेपाल टेलिकमलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • प्रचण्डको फोटो राखेको भन्दै नेपाल टेलिकमलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

    काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले नेपाल टेलिकमकी महाप्रवन्धकलाई बुधबार ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

    नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सह–महामन्त्री परमेश्वर शाह, केन्द्रीय सदस्य सुशील भट्ट, प्रकाश सेढाई, हरि शर्मा लगायतका नेविसंघका नेताहरुको उपस्थितिमा केन्द्रीय क्याम्पस कीर्तिपुरका नेविसंघ इकाई अध्यक्ष हरि आचार्यको संयोजनमा सो ज्ञापनपत्र बुझाएको नेविसंघ नेता सुशील भट्टले जानकारी गराए ।

    विज्ञप्ति बुझाउँदै नेविसंघ महामन्त्री काफ्लेले कुनै पनि पार्टीको नेताको फोटो संगठनको ब्यानरमा टेलिकमको लोगोसहित सिमकार्ड वितरण किन के का लागि गरियो, दुर्गम ठाउँमा अझै टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको र संस्थागत भ्रष्टाचार समेत बढेकाले नेपाल टेलिकममा संग्लग्न जो कोही भएपनि कारवाही हुनुपर्ने माग राखे ।

    केन्द्रीय सदस्य सुशील भट्टले चौबीस घण्टाभित्र कुनै ठोस निर्णय नलिए नेविसंघले गर्ने कुनै पनि कदमको सम्पूर्ण जिम्मेवारी टेलिकमले नै लिनुपर्ने बताए ।

    ज्ञापनपत्र बुझ्दै टेलिकमका प्रमुख कामिनीराजराज भण्डारीले विद्यार्थीले चौबीस घण्टाभित्रै अखिल क्रान्तिकारीको नाममा वितरण गरिएको सबै सिम रद्द गर्ने र उक्त कार्यमा संग्लग्न जो कोहीलाई कारवाही गरिएको जानकारी चौबीस घण्टाभित्रै पत्रकार सम्मेलनमार्फत जानकारी गरिने बताए ।

    सम्बन्धित खवर