मिना बुढाथोकी सल्यान, १२ बैशाख । सल्यानको सदरमुकाम खलंगा निवासी १४ वर्षीय बालक विजय रानाले बुधवार दिउँसो ठीक १२ बजे यहाँ जमिन मुुनिबाट देउता प्रकट हुन्छन् भनेपछि देउता हेर्न मान्छेहरुको घुईचो लाग्यो ।
शारदा नगरपालिका –२ डाँडागाँउ नजिकै रहेको सानो गुफा आकारको जमिन मुनिबाट देउता आउँछन् भनेर हेर्न पुगेका स्थानीय कतिखेर देउता आउँछन् भनेर हेरिरहे ।
दिउँसो ठिक १२ बजे त्यहाँ बालकसहित अन्य केहीले जमिन खन्न थाले केही समय पछि त्यहाँबाट दुईवटा ढुंगारुपी देउता प्रकट भए । एउटा अलि सानो आकारको ढुंगा जसमा गाईको मुखाकृति देख्न सकिन्थ्यो भने अर्को पहिलो भन्दा अलि ठूलो ढुंगा जसमा अस्पष्ट रुपमा केही आकृति रहेको थियो ।
‘यहाँ देउता छन् भन्ने कुरा मलाई सानोदेखिनै सपनामा आउने गथ्र्यो’, देउता पत्ता लगाएको दावी गर्ने १४ वर्षीय बालक विजयले भने, ‘सपनामा एउटा बाबा आउनुहुन्थ्यो र मलाई यहाँ देउता छन् भनेर भन्ने गर्नुहुन्थ्यो ।’