झापामा घट्यो डरलाग्दो दुर्घटना !

झापामा घट्यो डरलाग्दो दुर्घटना !

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • झापामा घट्यो डरलाग्दो दुर्घटना !

    झापा, ११ बैशाख । पूर्व– पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाइ नगरपालिका १ स्थित दुर्गापुरमा ट्रिपरको ठक्करबाट स्कुटरमा सवार एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।
    मृत्यु हुनेमा धनकुटा ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र उनका श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी १६ वर्षीय छोरा रोशन श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको हाल बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जार्दै गरेको तीनै जना सवार को१६प नम्बरको स्कुटीलाई ना५ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट श्रीमान्-श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले बताए । यता ट्रिपरसहित चालक ३६ वर्षीय मोहन बिमलीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित खवर