गीरिजाबाबूले पुलिसको डण्डा खाँदा ईश्वर पोखरेल दरबारको टाट्नोमा थिए : खगेन्द्र संग्रौला

गीरिजाबाबूले पुलिसको डण्डा खाँदा ईश्वर पोखरेल दरबारको टाट्नोमा थिए : खगेन्द्र संग्रौला

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • गीरिजाबाबूले पुलिसको डण्डा खाँदा ईश्वर पोखरेल दरबारको टाट्नोमा थिए : खगेन्द्र संग्रौला

    काठमाडौं, ११ वैशाख । साहित्यकार खगेन्द्र संग्रौलाले २०६२/०६३ सालको जनआन्दोलनमा गीरिजाप्रसाद कोइरालाले पुलिसको डण्डा खाँदा एमाले नेता ईश्वर पोखरेल राजाले फालेको घाँस खान दरबारको टाट्नोमा पुगेको आरोप लगाएका छन् ।

    नरहरि आचार्यलाई भोट माग्ने चुनावी सभामा संग्रौलाले भनेका थिए – उमेरले पाको भई सक्नुभएका गीरिजाबाबू पुलिसको डण्डामा बेलुन जसरी उफ्रिनुहुन्थ्यो । तर, आन्दोलन कमजोर हुने खालको कुनै पनि भाव देख्न चाहनु हुन्नथ्यो । म र मेरा मित्र ईश्वर पोखरेल समेत आन्दोलनमा उहाँको पछिपछि थियौं । केही बेरपछि मैले फर्केर हेरेको त त्यहाँ मित्र थिएनन् । मित्र पोखरेल त कति छिटो दरबारको टाट्नोमा घाँस खान पुगेछन् । उनी त आन्दोलन तुहिने निष्कर्ष निकालेर राजालाई बिन्ति चढाउन पुगेछन् ।

    संग्रौलाले पोखरेल जनआन्दोलनबाट भागेको आरोप पनि लगाएका हुन् । लोकतन्त्र दिवसका अवसरमा गीरिजाको योगदानको चर्चा गर्दा नेताहरुले संग्रौलाको त्यही भनाई सिरानी हालेका छन् ।

    सम्बन्धित खवर