धरहरा पुगेर ओलीले भनेः कोदालो बोक्न तयार छु !

धरहरा पुगेर ओलीले भनेः कोदालो बोक्न तयार छु !

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • धरहरा पुगेर ओलीले भनेः कोदालो बोक्न तयार छु !

    काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको धरहराको पुनर्निर्माणको लागि आफू पनि खटिन तयार भएको बताएका छन् ।

    भूकम्प गएको तीन वर्ष पूरा भएको सम्झनामा सुन्धारामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘म मेरो धरहरा बनाउन कोदालो बोक्न तयार छु’, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, “डोको बोकेर म पनि परे आउँछु तर मै बनाउँछु मेरो धरहरा ।’

    उनले समयमा नै धरहरा निर्माण थालिने बताए । ‘थाल्ने हो भने निर्माण कार्य अघि बढ्छ’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा छिटो निर्माण गरौं । रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर छिटो निर्माण गरौं ।’ उनले अर्को प्रसंगमा नेपालमा फाँसीवाद नभई जनवाद आउने बताए । उनले अलपत्रवाद होइन, सुखीवाद आउने पनि आफ्नो धारणा राखे ।

    २०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने भन्दै प्रधानमन्त्रीले यसो भने–

    मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।

    यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । अथवा मैले सक्ने अरु योगदान गर्नुपर्छ भने त्यो पनि गर्छु । त्यसकारण मै बनाउँछु मेरो धरहरा ।

    तरिकासँगले हामी यहाँ भएका मान्छेहरुले थाल्ने हो भने धरहराको निर्माण कार्य अगाडि बढ्छ । तर, अव्यवस्थित ढंगले त्यत्तिकै थालेर हुँदैन, व्यवस्थित ढंगले थाल्नुपर्छ । म आग्रह गर्न चाहन्छु अब पुनर्निमार्णको कामलाई तीव्रता दिऔं ।

    धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।

    अब पर्खिने समय छैन हामीसँग । हामीले देशलाई आर्थिक उन्नतकिो दिशामा तीब्रताका साथ लानु छ । भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं रु समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।source:kathmandu today

    सम्बन्धित खवर