सेवाग्राहीसँग महिला प्रहरीको यस्तो माग ! केही मिनेटमै सामाजिक संजालमा भाइरल

सेवाग्राहीसँग महिला प्रहरीको यस्तो माग ! केही मिनेटमै सामाजिक संजालमा भाइरल

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • सेवाग्राहीसँग महिला प्रहरीको यस्तो माग ! केही मिनेटमै सामाजिक संजालमा भाइरल

    प्रहरी चौकीमा काम लिएर जाँदा प्रहरीले घुस मागेका घटनाहरु हामीले धेरै नै सुनेका छौं । हामीमध्ये कैयौं यसको भुक्तभोगी पनि छौं । तर आज हामी जुन घटनाको बारेमा कुरा गर्दैछौं यस्तो घुसखोरीको घटना शायदै कसैले सुनेको होला ।

    भारतको उत्तरु प्रदेशको लखनउमा एक व्यक्ति प्रहरी चौकीमा उजुरी लेखाउन गए । त्यहाँ थाना प्रमुखको कुर्सीमा एक महिला प्रहरी बसेकी थिइन् । ती महिला सब इन्सपेक्टरले ती सेवाग्राहीसँग यस्तो माग राखिन् कि थाहा पाउँदा जिल्ला पर्नुहुनेछ । यतिमात्र होइन उनले प्रहरी जवानसँग यतिसम्म भनिन् कि उसको रिपार्ट तबसम्म नलेख्नु जबसम्म हाम्रो माग पूरा हुँदैन ।

    ती महिलाले उजुरी दिन आएका सेवाग्राहीसँग पिज्जा खुवाउने माग गरेकी थिइन् । उनले भनेकी थिइन् ‘तिम्रो काम तबमात्र हुन्छ जब पिज्जा खुवाउँछौ ।’ तर, ती महिला सब इन्स्पेक्टरलाई सित्तैमा पिज्जा खाने इच्छा भने निकै महंगो साबित भयो । यो घटना सामाजिक संजालमा भाइरल भयो । बरिष्ठ अधिकारीले घटनाको बारेमा थाहा पाएपनि तत्काल ती महिला सब इन्स्पेक्टरलाई निलम्बित गरियो ।

    यो घटना हजरतगंज प्रहरी चौकीको हो । रोहित बेरी नामका व्यक्तिको यहाँ रेष्टुरेण्ट छ । रोहितले आफ्नो रेष्टुरेण्टमा खाना लिएर पैसा नतिरी हिँडेका एक व्यक्तिविरुद्ध उजुरी दिन आएका थिए । शिवेन्द्र नामका एक व्यक्तिले एक बर्थडे पार्टीको लागि यो रेष्टुरेण्टमा खाना अर्डर गरेका थिए । शिवेन्द्रले खानाको आधा बिल तिरेर आधा पैसा बाँकी राखेर हिँडेका थिए ।

    सामान लिएर गएपछि शिवेन्द्र बेपत्ता भए । रोहित यही विषयमा उजुरी गर्न थाना गएका थिए । तर महिला सब इन्स्पेक्टर सुमित्रा देवीले यस्तो अनौठो माग राखिदिइन् । उनले रेष्टुरेण्ट मालिकसँग सित्तैमा पिज्जा र चिकन चिल्ली खुवाउन माग गरिन् । उनको मागअनुसार पिज्जा र चिकन चिल्ली मगाइयो । तर, त्यतिबेलासम्म यो घटना सामाजिक संजालमा भाइरल भइसकेको थियो । खबर भाइरल भएपछि ती महिला प्रहरीले खानेकुराको पैसा तिरिन् तर त्यतिबेलासम्म एसएसपीलाई घटनाबारे थाहा भइसकेको थियो । फलतः ती महिला प्रहरीको जागिर गयो । source:DCnepal.com

    सम्बन्धित खवर