मुस्लिम युवकसँग बिबाह गर्न इन्कार गर्दा आगो लगाईएकी क्रिश्चियन युवतीको उपचार गर्दा गर्दै निधन

मुस्लिम युवकसँग बिबाह गर्न इन्कार गर्दा आगो लगाईएकी क्रिश्चियन युवतीको उपचार गर्दा गर्दै निधन

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • मुस्लिम युवकसँग बिबाह गर्न इन्कार गर्दा आगो लगाईएकी क्रिश्चियन युवतीको उपचार गर्दा गर्दै निधन

    १२ बैशाख । मुस्लिम युवकको बिबाह प्रस्ताव इन्कार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी क्रिश्चियन युवतीको निधन भएको खबर प्राप्त भएको छ ।

    पाकिस्तान पन्जाव शहरको सियालकोट रहने आस्मा याकुव नाम गरेकी २५ युवतीको गत आईतबार निधन भएको हो । उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो । उनलाई यहि अप्रिल महिनाको मध्य तिर रिजवान गुज्जार नाम गरेकोे ३० बर्षिय एक मुस्लिम साथीले आक्रमण गरेको थियो ।

    आस्मालाई उपचारको लागि लाहोर स्थित मायो अस्पतालमा बिशेष युनिटमा राखिएको पाकिस्तान टुडेले जनाएको छ ।

    उनका पिता याकुव मसिहले स्थानिय प्रहरीमा रिपोर्ट गरेका छन । समाचार पत्रका अनुसार घटना घटेको समयमा आस्माले सियालकोटको पाकपुरा मोहल्लामा साईदुज जमानको घरमा काम गरिरहेको कुरा उनका बाबुले बयान दिएका छन ।

    आस्माका पिताका अनुसार उनी र उनको छोरा मक्शुद अप्रिल १७ मा जमानको घरमा जमानको आमाको स्वास्थ खावर बुझ्न गएका थिए । उनीहरु बैठक कोठामा बसिरहेको बेलामा बाहिर गेटमा कसैले ढक्ढक्यापछि आस्मा ढोका खोल्न बाहिर गईन । त्यसपछि बाहिरबाट एक्कासी पीडाले चिच्च्याएको आवाज आयो । हतारिएर मक्शुद र उनको बाबा बाहिर पुग्दा आस्माको शरीरमा दनदनी आगो बलेको थियो ।

    प्रहरी सहायक निरीक्षक मोहम्मद रियाजले पाकिस्तान टुडेलाई दिएको जानकारी अनुसार गुज्ज्जार पक्राउ परेको र उसले उक्त अपराध स्वीकार गरिसकेको छ । उसलाई सजायँ तोकोर जेल पठाउने प्रकृया सुरु भैसकेको छ ।

    गुज्जारले आस्माको दाजु नाविलसगै काम गर्ने गरेको र सोही चिनजानको कारण ऊ आस्माको घरमा आउजाउ गरिहन्थ्यो । त्यसै कारण उसले आस्मालाई प्रेम गर्न थालेको थियो ।

    गुज्जरले करिव तीन महिना पहिला आस्मालाई आफुँसग बिबाह गर्न प्रस्ताव गरेको थियो । सोही कारण आस्माले आस्माले आफैलाई गुज्जरबाट टाढा राख्न थालेकी थिईन ।

    बिपीसिएका अनुसार गज्जुरले आस्लालाई दाजु हुँ भन्ने नाटक गरेर बाहिर बोलाएको थियो । आस्मा बाहिर आएपछि उसले शरीरमा पेट्रोल छर्केर आगो लगाएको थियो । आगोले उनको शरीर पुरै ढाकेको थियो ।

    सम्बन्धित खवर