यादब समुदायमा बिना दाईजो विवाह गर्ने भएपछि समुदायमै चर्चा

यादब समुदायमा बिना दाईजो विवाह गर्ने भएपछि समुदायमै चर्चा

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • यादब समुदायमा बिना दाईजो विवाह गर्ने भएपछि समुदायमै चर्चा

    दाईजो नल्याएको भन्दै युवतीलाई जिउँदै जलाइयो लगायतकोे समाचार सुन्नु भएको होला तर सिरहाका एक युवकले बिना दाईजोमा विवाह गर्न लागेको सुन्दा जो कोहीलाई आश्चर्य लागन सक्छ तर यर्थात हो ।
    सिरहाको औरही गाउँपालिका २ बस्ने हाल सुखीपुर नगरपालिका ८ बस्ने करौडो रुपैयाँको कारोवार रहेको संस्थाको संचालकले आफनै गाउँकै एक युवतीसगँ बिना दाईजोमा विवाह गर्न लागेको छ ।
    मधेसी समुदायमा बिहेबारीको कुराकानी हुने बितिकै अभिभावकबीच सबै भन्दा पहिले दाइजोकै मोलतोल हुन्छ । केटा पक्षले दाइजोमा लिने नगदका साथै गरगहना, मोटरसाइकल, टिभी, फ्रिज लगायतका विलाशिताका सामानको सूची नै तयार पारेर केटी पक्षका सामु पेश गर्ने चलन रहेको छ ।
    अन्तत दुवै पक्षका अभिभावक बीच दाइजो लेनदेनको टुंगो लागेपछि मात्र छेका (टिकोटालो) र त्यसपछिका वैवाहिक कार्यक्रमको मिति तय गरिन्छ । यदि दाइजोको मोलतोलमा कुरा मिल्न सकेन भने बिहेको सन्दर्भ त्यही रोकिन्छ तर यस विबाहमा गरगहना, मोटरसाइकल, टिभी, फ्रिज लगायतका केही मांग नगरीे आदर्श विवाह गर्ने भएपछि यादब समुदायमै चर्चाको विषय बनेको छ ।
    यादब समुदायकै बाहुल्यता रहेको तुलसीपुरमा बैशाख १६ गते आईतवार अभिभावकको सहमतिमै दाइजो नलिई विवाह गर्दैछन् । सिरहाको औरही गाउँपालिका २ तुलसीपुर हाल सुखीपुर नगरपालिका ८ स्थित शिंव बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुखीपुर अध्यक्ष संजित कुमार यादब र सोही गाउँ बस्ने पुजा कुमारी यादबको अभिभावककै सहमतिमा बिना दाइजो विवाह भईरहेको छ ।
    बेहुला करौडौको लागनी रहेको सहकारीको संचालक समेत रहेको छ भने बेहुली अनमी पढ्दै छिन् ।
    बिना दाईजोको विवाह गर्ने दुवै जनालाई सबभन्दा पहिले शुभकामना दिन चाहन्छु । मधेशी समुदायमा दाईजो लिएर नै विवाह गर्ने गरेको चलन रहेको छ । दाईजो नल्याउनेलाई विभिन्न प्रकारको यातना दिने समुदायमा बिना दाईजो बिहे गर्ने र समाजको कुरुती अन्त गर्न लागेको छ । मधेशमा युवाहरु सक्रिय भए मात्रै यस्ता कुरुतीहरु अन्त हुने सुखीपुर नगर सुधार समितिका संयोजक वी.पी भुवन यादबले बताए । मधेशस्पेशलबाट

    सम्बन्धित खवर