अन्नपूर्ण अनलाइनका तथाकथित पत्रकारलाई मेरो प्रश्नः

अन्नपूर्ण अनलाइनका तथाकथित पत्रकारलाई मेरो प्रश्नः

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • अन्नपूर्ण अनलाइनका तथाकथित पत्रकारलाई मेरो प्रश्नः

    बनावटी समाचार सम्प्रेषण गर्ने एपि १ टेलिभिजनका तथाकथित पत्रकार दिवाकर ज्ञवाली र अन्नपूर्ण अनलाइनका तथाकथित पत्रकारलाई मेरो प्रश्नः

    भनिन्छ पत्रकारिता राष्ट्रको चौथो अङ्ग हो। त्यसो हो भने, माथि उल्लेखित तथाकथित पत्रकार, एपि १ टेलिभिजन र अन्नपूर्ण अनलाइन संचार राष्ट्रको चौथो अङ्ग हुन् कि होइन ? यदि हुन् भने, पत्रकारिताको आधारभूत धर्मलाई समेत बेवास्ता गर्दै गलत र बनावटी समाचारको भिडियो बनाएर किन गरिबमाथि बज्रपात गरिन्छ ? फेरि यसै भिडियोलाई आधार बनाउँदै समाचार प्रकाशन गर्ने अन्नपूर्ण अनलाईन पत्रिकाले गलत समाचार किन प्रकाशित गरेको हो ? भूmठो समाचारप्रति आपत्ति जनाउँदै पत्रकारज्यूहरुका साथै एपि १ टेलिभिजन र अन्नपूर्ण अनलाईन पत्रिकाप्रति खेद प्रकद गर्दछु साथै नमस्कार पनि ।

    तपाईंहरु दुईलाई किन नमस्कार?
    जेहोस् जहाँबाट जुटाएर होस्, या अन्य कुनै माध्यमबाट होस् या, तपाईंको पू्र्खाको बिर्ताबाट होस् या तपाईंको पौरखबाट होस्, करोडौं रुपैया खर्च गरेर देशको चौथो अङ्गकारूपमा उभिदै पत्रकारको रूपमा देश बिदेशमा रहेका आम स्रोता तथा दर्शकहरुले देखिने र थाहा पाउने गरी केही सत्य समाचार सम्प्रेषण र प्रकाशित भएको पाएको छु त्यो खुसीको कुरा हो । यसकारण नमस्कार !

    तपाईं दुवैजनालाई धन्यवाद किन ?
    तपाईंले गलत मनसाय राखेर भए पनि प्लाष्टिकको छाना र थोरै भए पनि बासको बेराबाट ढाकिएको मेरो सपनाको दरबार र दरबारको ढोकामा राखिएको त्रूmस र म दलमर्दनलाई पटकपटक टेलिभिजनमा देखाएर सुकुम्बासीमा प्रभुको बास भनी समाचार वाचन र प्रकाशन गर्नुभयो त्यो मेरो लागि खुसीको कुराहो ।
    तपाईंले प्रतिशोधपूर्णरूपमा तयार गरेको प्रचारित समाचारमा मैले मान्दै आएको ईश्वरलाई सुकुम्बासीमा प्रभुको बास भनेर सम्बोधन गर्नुभयो र सुकुम्बासी तथा गरिबहरुलाई सहयोग गर्छ्न भन्नु भयो। यसका लागि तपाईंलाई धन्यवाद।

    तपाईंहरुले सम्प्रेषण गरेको भूठो समाचारप्रति आपत्ति तथा खेद किन ?
    बनावटी नक्कली भिडियो खिचेर समाचारलाई सम्प्रेषण प्रकाशन गर्नुभयो। समाजमा प्रतिष्ठित बन्न, नाम कमाउन, लोकप्रियता कमाउन गरिब दुःखी, सोझा सुकुम्बासी जनताको आँखामा छारो हाल्दै समाचार सम्प्रेषण गर्नुभयो ।

    तपाईलाई मेरो प्रश्नः
    एपि १ टेलिभिजन र अन्नपूर्ण अनलाइनका संचालकज्यू तथा यिनका मातहतका माथि नाम उल्लेख गरिएका पत्रकार मित्रहरू–
    हामी गरिब र सुकुम्बासीले बुझेअनुसार पत्रकारिता राष्ट्रको चौथो अङ्ग होकि होइन ?
    यदि हो भने, सत्य समाचार संकलन र प्रसारण गरी गलत कुराको भन्डाफोर गर्दै समाजमा भाइचारा, मेलमिलाप र शान्ति कायम राख्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुको साटो गलत र भूठो समाचार प्रचार प्रसार गरी गरिब, असहाय सुकुम्बासीलाई तर्साउने

    घिनलाग्दो खेल किन खेल्नुहुन्छ ?
    यदि तपाईंले भिडियो खिच्दै गर्दा तपाईंले भनेझैं मुख छोपेर (नकाबधारी) धर्म प्रचार गरिरहेको भए १ मिनेट नजिक हवल्दारको कमान १०० नम्बरमा डायल गरी प्रहरीलाई किन खबर गरिएन ? नकाब लगाएर धर्म प्रचार गर्ने यो दुनियाँमा कोही पनि छैन । कि त्यो चोर हुन्छ कि तपाईं जस्तै अरुको बदनाम गर्ने उद्देश्य बोकेको पत्रकार ।

    यस्तो गलत समाचार प्रचार प्रसार गरी सामाजिक सद्भाव खल्बल्याउने उदेश्य राख्नु पत्रकारिताको पक्कै पनि धर्म होइन र यो अधिकार पत्रकारितालाई छैन पनि ।
    येशू ख्रीष्टलाई प्रभ रु मुक्तिदाता भनी ग्रहण गरेको म एक इसाई तथा सामाजिक,राजनीतिक अभियन्ता हँु । ‘म इसाई हुँ’ भन्नमा गर्व गर्छु ।
    हामी गरिब सुकुम्बासीहरु पनि मान्छे नै हौं । हामीलाई पनि आनो आश्था र विश्वास लागेको धर्म अंगिकार गरी बाँच्न पाउने अधिकार छ ।

    तपाईंहरुप्रति खेद किन प्रकट गर्ने ?
    एपि १ न्यूज टेलिभिजनका कार्यक्रम प्रस्तोता दिवाकर ज्ञवाली र अन्नपूर्ण अनलाइनका पत्रकारज्यूहरु, सर्बप्रथम म मुटु रोगी दलमर्दन कामी, थापाथली प्रसुतिगृह पछाडिको सुकुम्बासी बस्तीबाट झुठो समाचारप्रति आपत्ति तथा खेद प्रकट गर्दछु ।

    कारण ?
    एपि १ टेलिभिजन मार्फत क्भ्क्त्भ्ः ऋज्भ्प् कार्यक्रमका संचालक तथाकथित पत्रकार दिवाकर ज्ञवाली र अन्नपूर्ण अनलाइनका महोदय, तपाईंहरुले थापाथलीको सुकुम्बासी बस्ती ‘धर्म प्रचारको अखडा’ भन्दै पटकपटक म र पालको छाना र बाँसको भित्ता भएको मेरो सपनाको दलमर्दन दरबारको मूल ढोकामा राखिएको त्रूmसको फोटो र म दलमर्दन कामीलाई पटकपटक टेलिभिजनमा र अनलाईनमा देखाउने अधिकार कसले दियो ? इसाईहरुलाई बद्नाम गराउन उद्देश्य राखेर ‘सुकुम्बासी बस्ती धर्म प्रचार गर्ने अखेडा’ भनी भ्रम पार्नुभएकोमा खेद प्रकट गर्दछु । गरिबको बस्तीमा प्रभुको बास भनी उल्लेख गर्नुभएको तथ्यलाई सकारात्मक ठानी त्यसका लागि धन्यवाद । तपाईंले गर्नु भएको सम्बोधन ‘सुकुम्बासी भित्र प्रभुको बास’ त्यो सत्य हो।

    सम्बन्धित खवर