अछाममा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको दादागिरीः एक युवकमाथि निर्घात कुटपिट

अछाममा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको दादागिरीः एक युवकमाथि निर्घात कुटपिट

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • अछाममा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको दादागिरीः एक युवकमाथि निर्घात कुटपिट

    अछाम, ११ वैशाख । अछाममा वडा अध्यक्षसहितको टोलीले एक जनामाथि मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । ढकारी गाउँपालिका ४ का २३ वर्षीय वीरबहादुर थापामाथि वडा अध्यक्ष भक्त बुढासहितको टोलीले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

    वडाअध्यक्षसहितको कुटाईबाट घाइते भएका थापाको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । वडा अध्यक्ष बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवन गरि वीरबहादुरलाई कुटपिट गरेको उनका दाई कृष्ण थापाले जानकारी दिए ।

    यहि वैशाख ९ गते साँझ विद्यालयमा मजदुरी काम गरेर घर फर्किने बेला पसलमा चिया खान जाँदा बुढा द्धयले मरणासन्न हुने गरी कुटपिट गरेको उनले बताए । चिया खाएर सामान किनिरहेको अवस्थामा २ जना लागेर आँखा नै बन्द हुने गरि कुटपिट गरेको उनको भनाई छ ।

    वीरबहादुरको आँखा, नाक, मुख र विभिन्न ठाउँमा चोट लागेको छ । कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष बुढाले पार्टीगत रिसिविका कारण आफ्नो भाईलाई मरणासन्न हुने गरि कुटपिट गरेको थापाको आरोप छ ।

    कुटपिटमा संलग्न भनिएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको डिएपी न्यौपानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामको टोली सोमबार बलाता पुगेपनि कोही पक्राउ पर्न नसकेको र आज पनि टोली परिचालन गरिएको डिएसपी न्यौपानेले बताए

    सम्बन्धित खवर