नुवाकोट एक्स्प्रेस, १० बैशाख : काठमाण्डुको नयाँबसपार्क क्षेत्रमा लुटपाटको अनौठो शैली प्रहरिले पत्ता लगाएको छ । यात्राको क्रममा वा कुनैपनी बहानामा मानिसलाई फकाईफुलाई बेहोस हुने औसधी मिसाईएको जुस खुवाउने गिरोहको एकजनालाई प्रहरिले समातेको छ ।
बिगत एक हप्ताको अवधिमा गोंगबु आसपासको क्षेत्रमा ३ वटा यस्ता लुटपाटको घटना घटेको सुचनाका आधारमा महानगरिय प्रहरी प्रभाग नयाँबसपार्क यस्ता कार्यमा संलग्न ब्यक्तीको पहिचानमा लागेको थियो ।
यसैक्रममा आज लठ्ठिने औषधी खुवाई लुटपाट गर्ने गिरोहका एकजना पक्राउ परेका हुन ।
पक्राउ परेका ब्यक्ती माथी अनुसन्धान भईरहेको र उक्त गिरोहमा थप ब्यक्ती पनि छिट्टै पहिचान गरिने महानगरिय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।source:nuwakotexpree.com