प्रहरीले नै युवती माथि एसिड प्रहार गरेपछि गृहमन्त्री रामबहादुर थापा पुगे पीडित युवती भेट्न, फिल्मी शैलीमा एसिड खन्याएका प्रहरीमाथि कडा कारवाहीको माग
शरद आचार्य र प्रकाश सिग्देल,
चितवन । मन पराएकालाई पाउन मानिस पागल पनि हुन्छन । यस्तै उदाहरणको चरितार्थ गरेका छन – एक व्यक्तिले चितवनमा । तर यो पागलपन देखाउने व्यक्ति प्रहरी परेपछि रक्षक नै भक्षक भन्ने भनाईलाई थप बल पु¥याएको छ । प्रहरी नै युवतीमाथि एसिड हान्ने प्रकरणमा मुछिएपछि गृहमन्त्री रामबहादुर थापाको पनि टाउको दुखेको छ ।
चितवनको भरतपुर अस्पतालको शैयामा रहेकी यिनी हुन् कल्पना श्रेष्ठ । २८ वर्षीया श्रेष्ठको कान, आँखा, छाती र खुट्टामा एसिड परेको छ ।
यिनलाई एसिड प्रहार गर्ने व्यक्ति चिनजानकै हुन् । प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँ । दंगा नियन्त्रण गण हेटौंडा दरबन्दी भई हाल अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत गोरखाका खनियाँ भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्छन् । पज ः
भरतपुरको बुद्धचोकबाट फिल्मी शैलीमा पछ्याएका खनियाँले कल्पनालाई ‘कुरुप’ बनाउने उद्देश्यले एसिड प्रहार गरेका थिए । कहालीलाग्दो घटना यसरी सम्झिन्छिन् ।
खनियाँले अझै गल्ती स्वीकारेका छैनन् । एसिड प्रहार गर्ने खनियाँविरुद्ध कल्पनाका पतिले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् । उता, चितवन पुगेका गृहमन्त्री रामबहादुर थापाले श्रेष्ठको अवस्थाबारे जानकारी लिँदै दोषीलाई कानूनअनुसार कारवाही गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्रीले निर्देशन भएपनि एसिड प्रहार गर्नेमाथि कारवाही गर्ने स्पष्ट कानून छैन । ज्यानसम्बन्धी महलको १६ नम्बरमा ज्यान मार्न सक्ने कुनै गतिविधि गरेमा वा ज्यान मारेको भए १० देखि १५ वर्षसम्म र नमेरको भए पाँचदेखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
२०६६ साउन २८ गते सर्बोच्च अदालतले महिलाविरुद्ध हुने एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कारवाही गर्न छुट्टै कानुन बनाउन आदेश दिएको थियो । तर, अहिलेसम्म कानून बनेको छैन । कानून अभाव र समाज संवेदनहीन बन्दा एसिड आक्रमणका घटना बढिरहेको छ ।