गुण्डा मनोज पुनका सुराकी भन्दै पक्राउ परेका सिर्जनाले दिइन् प्रहरीलाई यस्तो चुनौती

गुण्डा मनोज पुनका सुराकी भन्दै पक्राउ परेका सिर्जनाले दिइन् प्रहरीलाई यस्तो चुनौती

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • गुण्डा मनोज पुनका सुराकी भन्दै पक्राउ परेका सिर्जनाले दिइन् प्रहरीलाई यस्तो चुनौती

    बुटवल, ९ वैशाख । कुख्यात गुण्डा मनोज पुनका सहयोगी भनिएका युवा संघ केन्द्रीय सदस्य सुजु मल्लकी श्रीमतिले आफ्ना पतिलाई प्रहरीले अनाहकमा फसाएको बताएकी छन् । उनले आफ्ना पतिले मनोज पुनका बारेमा प्रहरीलाई जानकारी दिने गरेको बताएकी छन् ।
    सुजु मल्लकी पत्नी सिर्जना ताम्राकार मल्लले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरी सुजु मनोजको सहयोगी नभएर प्रहरीको सहयोगीको रुपमा काम गरेको बताएकी छन् । उनले पटक–पटक आफुलाई मार्ने धम्की आएको जानकारी प्रहरीलाई गराउँदा पनि प्रहरीले वास्ता नगरी मनोज पुनलाई पक्राउ नगरेको बताएकी छन् । त्यती बेला मनोज पुनको बारेमा जानकारी दिंदा पक्राउ नगरेको प्रहरीले अहिले आफ्ना पतिलाई पक्राउ गरेर फसाउन खोजेको आरोप लगाइन्।

    सम्बन्धित खवर