आज मिति २०७५।०१।०९ गते अन्दाजी दिनको ११:00 बजेको समयमा जि.मोरङ कानेपोखरी गाउपालिका वडा नं २ स्थित नहर टोलमा नामथर वातन नखुलेको निम्न हुलिया भएको पुरुष मानिस मृत अवस्थामा फेला परेको हुँदा निज मृतक मानिसलाई चुन्नुहुने मानिसहरुले यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
निम्न हुलिया वर्ण रातो,मंगोलियन जस्तो देखिने, खराने र रातो रंगको कालो धर्के भेष्ट,निलो पाईन्ट, कालो पलास्टिकको जुत्ता, कपाल कालो छोटो पातलो, उचाई ५ फिट १ ईन्च भएको अ.वर्ष ६५ को पुरुष मानिस। सम्पर्क स्रोत :इलाका प्रहरी कार्यालय पथरी, मोरङ