मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

    बैशाख ९,काठमाडौं – मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

    ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने,

    -सुरुङ खन्नु अघि हेलम्बु, इचोक, महांकाल, थकजनी, हैबुङलगायतका मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित वस्तीमा खानेपानीको राम्रो व्यवस्था थियो ।

    -अहिले यी ठाउँमा खानेपानी सुकिसक्यो ।

    -सुरुङ खन्न शुरु भएपछि बस्तीमा यस्तो अवस्था सिर्जना भएको छ ।

    -सुरुङ खन्नका लागि विस्फोट गर्दा जमिनमुनि थर्किएर खानेपानीको मुहान सबै सुकेको हो ।

    -हाम्रो अवस्था काकाकुलको जस्तै भइरहेको छ ।

    -यस्तो अवस्था भइरहँदा पनि समस्याको समयमै समाधान गरिएन भने मेलम्चीको पानी लान नसोचे हुन्छ ।

    मेलम्चीको काम फेरि रोकियो

    मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई सातादेखि ठप्प भएको छ ।

    ठेक्का लिएको इटालियन कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो ।

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार, निर्माण सामाग्री किन्न नसक्दा काम रोकिनुपरेको आयोजनाको जवाफ छ ।

    मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि उक्त दिनदेखि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

    २६ किमि सुरुङमध्ये २४ किमिमा फिनिसिङको काम गर्नै बाँकी रहेको जनाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

    १८ महिनाअघि ब्रेक थ्रु भएको सुन्दरी जल-सिन्धु खण्डमा २ किलो मिटरबाहेक फिनिसिङको काम हुन सकेको छैन ।

    सम्बन्धित खवर