चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेनको सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
कलंकीको जामका कारण सास्ती भोग्दै आइरहेका सवारी साधनहरु यो सडक निर्माण संम्पन्न भएपछि ठुलो राहत महसुस गर्नेछन कलंकीमा बनेको ‘अण्डर पास’ को कारण सवारी साधनहरु तल र माथीबाट फरक फरक दिसामा जाने हुनाले निमार्ण कार्य सम्पन्न भएसंगे जामको पनि अत्य हुनेछ ।
यो सडकको काम अहिले तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै काम सकिनेछ पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ ।
चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन ग्रुपले पाएको थियो । भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरी गरीएको थियो ।
सडकखण्डको निर्माणमा नेपाली र चिनियाँ कामदार खटिएका छन् । सम्झौता अनुसार अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्याल सुनौलो नेपाललाई बताए ।
हेर्नुहोस यस्तो बन्यो सडक