यी कारण भोलि कोहली विरुद्ध खेल्न सक्छन् सन्दीप

यी कारण भोलि कोहली विरुद्ध खेल्न सक्छन् सन्दीप

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • यी कारण भोलि कोहली विरुद्ध खेल्न सक्छन् सन्दीप

    इण्डियन प्रिमियर लिग(अाइपीएल)को जारी ११ औं सिजनमा नेपाली क्रिकेट प्रेमीलाई सन्दीप लामिछानेलाई कहिले दिल्ली डेयरडेभिल्सले मौका दिन्छ भन्ने पखाई छ । दिल्लीले चार खेल खेलिसकेको छ । तर, ३२ लाख नेपालीमा अक्सनबाट सन्दीपलाई खरिद गरेको दिल्लीले उनलाई मौका दिएको छैन । चार खेलमा तीन खेल हारेको दिल्ली पुछारमा छ । पाँचौ खेलमा दिल्लीले भोलि(शनिबार)रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ । भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बैंग्लोरविरुद्ध दिल्लीले सन्दीपलाई डेब्यू गराउन सक्ने कारणहरु यस्ता छन्ः

    १) स्पीनरको खराब प्रदर्शन
    सुरुवाती चार खेलमा दिल्लीले खराब प्रदर्शन गरेको छ । दिल्लीले अहिलेसम्म मुख्य तीन स्पीनरहरु अमित मिश्रा, राहुल टीवासिया र सहाबाज नदिमलाई प्रयोग गरेको छ । अनुभवी भएपनि तीनवटैले आशातित प्रदर्शन गर्न सकेका छन् । अमित मिश्राले सुरुवाती एक खेलमात्रै खेलेका छन् । किंग्स एलेबेन पन्जाव विरुद्धको उक्त खेलमा ४ ओभर बलिङ गरेका उनले ४६ रन खर्चेका थिए । उनले एक विकेट पनि लिन सकेनन् । त्यसपश्चात भने उनी सन्दीपसँगै बेन्चमा बसिरहेका छन् ।

    उनको स्थानमा दिल्लीले साहबाज नदिमलाई प्लेइङ–११ मा खेलाइरहेको छ । उनले पनि ३ खेलमा ३ विकेटमात्रै लिन सकेका छन् । १० ओभर बलिङ गरेका उनी ९.९० को औषतमा रन खर्चदै महंगा सावित भएका छन् । अर्का लेगब्रेक बलर राहुलको प्रदर्शन पनि चित्तबुझ्दो छैन् । ४ खेलमा १५ ओभर बलिङ गरेका उनले ६ विकेटमात्रै लिन सकेका छन् । उनको औषत भने अन्यको भन्दा कम ७.१३ मात्रै छ ।

    त्यसैले यू–१९ विश्वकपमा ह्याट्रिक लिएका तथा पछिल्लो विश्व क्रिकेट लिग डिभिजन दुईका प्लेयर अफ द सीरिज पनि रहीसकेका सन्दीपलाई दिल्लीले टेस्ट गर्न गक्छ । यति मात्रै हैन् २१ लिस्ट ए खेलेका सन्दीपले मात्रै ४.०४ इकोनोमीमा ४२ विकेट लिएका छन् ।

    २) आधिकारिक वेवसाइटमा छनक
    दिल्लीले आफ्नो सामाजिक सञ्जालमा सन्दीपलाई सुरुदेखि नै महत्व दिंदै आएको छ । तर, धेरैले दिल्लीले सन्दीपलाई महत्व दिनुमा उसको कमर्सियल फाइदा लुकेको आरोप लगाएपनि त्यसले सन्दीप अनि नेपाली क्रिकेटलाई भने फाइदा नै पुगेको छ । दिल्लीले गर्ने पोष्टहरुले विश्वमा सन्दीपको पहिचान अझै फराकिलो बन्दै गएको छ । घरेलु मैदानमा खेल्नु अघि दिल्लीको आधिकारिक वेवसाइटले ‘दिल्लीका फिरोज शाह कोटला हो सकता है संदीप लामिछाने के लिए बेहतरिन’ शीर्षकमा लेख छापेको छ ।

    उक्त लेखमा दिल्लीको मैदान कसरी सन्दीप जस्ता स्पीनरका लागि उपर्युक्त छ भनि तथ्यगत रुपमा देखाइएको छ । त्यतिमात्रै हैन् सन्दीपले यू–१९ विश्वकपमा लिएको ह्याट्रिक, डिभिजन दुईका म्यान अफ द सीरिज तथा नेपाललाई एकदिवसीय विश्वकप दिलाउन महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरेको छ । यस्तै दिल्लीका सिइयो हेमन्त दुवाले प्रशिक्षक र कप्तानले तयार ठानेपछि सन्दीपले अाइपीएल खेल्ने ट्विट गरेका छन् ।

    यद्यपी सम्पूर्ण नेपालीहरुको चाहना दिल्लीले सन्दीपलाई मौका दिओस भन्ने छ । तर, सन्दीपकै भनाईमा टोलीले आवश्यकता परेका खेलाडीलाई प्लेइङ एलेवेनमा मौका दिने हो । यदि विराट कोहलीको टोलीविरुद्ध शनिबार सन्दीपले मौका पाए त्यो उनका लागि र नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन हुनेछ ।

    सम्बन्धित खवर