१० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार

१० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • १० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार

    जीन्दगीको हाइवेको कुनै पूर्व निर्धारित रूट हुँदैन् । यसको रूट जीन्दगीको डोजरले आफै खान्छ । मान्छे पिच्छेका आ आफ्नै हाइवे । बलिउडले वर्षेनी सयऔ संख्यामा फिल्मी पर्दामा थुप्रै कथा पस्कन्छ । यहाँ काम गर्नेका कयौका कथा फिल्मका भन्दा कम हुँदैन् । बलिउडमा नेपथ्यमा काम गर्ने शगुफ्ता रफीक एउटी त्यस्तै पात्र हुन् जसले जीन्दगीको यात्रालाई दलदलबाट सुरू गरिन र बलिउडको चमकदमकसम्म पुर्‍याइन् ।

    उनको परिचय आज एउटा फिल्म लेखिकाको रूपमा रहेको छ । ‘आशिकी २’ जस्तो फिल्मले उनलाई फरक पहिचान दिलायो । जीवनको एक समय उनी वेश्यावृतिको दलदलमा भासिएकी थिइन् । १७ वर्षको उमेरमा आफ्नो शरिर बेच्नुपर्यो जुन उनी २७ वर्षकी हुँदासम्म चलिरह्‍यो । एउटा अन्तरवार्तामा उनले त्यो भोगाइको वर्णन यस्तो थियो ।

    ‘साढे सत्र वर्षको उमेरमा म नगरवधु बने । पहिलो पटक एउटा अन्जान मान्छेलाई मैले सुम्पे । अन्जान मान्छेलाई आफ्नो कुमारित्व सुम्पनु मेरा लागि दर्दनाक थियो । २७ वर्षसम्म एउटा मान्छेबाट अर्को मान्छेसँग बेचिइरहे । म वेश्यावृतिमा छु भनेर मेरी आमालाई समेत थाहा थियो ।’

    उनले आमा भनेर चिनेकी महिला उनकी आफ्नी साख्य आमा थिइनन् । उनलाई आफ्नी वास्तविक आमा को हुन् थाहा छैन् । उनलाई अनवरी बेगम नाम गरेकी महिलाले धर्मपुत्री बनाएकी थिइन् जसलाई उनी आफ्नी आमा मान्दछिन् । आफ्नो जीवन अस्तित्वको बारेमा उनले ३ कुरा सुनेकी छिन् जसमध्ये कुन सहि हो उनी जान्दिनन् ।

    ’त्यो बेला मलाई ३ वटा कुरा भनिन्थ्यो । एक म आफ्नो जमानाकी चर्चित अभिनेत्री तथा निर्देशक बृज सदानाकी श्रीमती सईदा खानकी छोरी हुँ । दोस्रो म कसैको अवैध सन्तान थिए । तेस्रो मेरा बाबुआमा अत्यन्त गरिब जसले मलाई फालिदिए । मेरो सम्झनामा म २ वर्षकी थिएँ, जब सईदाको बिहे बृज साहेबसँग भयो । मलाई मान्छेले धेरैजसो अनवर बेगमसँग रहेको बेला ‘हजुरआमासँग जाँदैछौ ?’ भनेर सोध्ने गर्थे ।

    सानो उमेरमा उनलाई मान्छेले नराम्रो गाली गर्दथे जसका कारण उनी एक्लै रूने गर्थिन् । मानिसहरूको हेपाइले उनी क्रुर बनिन् । स्कूल छाडिदिइन् । मान्छेहरूसँग झगडा गर्न थालिन् । मान्छेसँग घृणा भएर उनले त्यसो गरेकी थिइनन् । उनलाई मान्छेले घृणा गरेकाले प्रतिक्रिया स्वरूप त्यसो गर्थिन् ।

    यस्तैगरी जीवन चल्दै थियो तर अनवरी बेगमको आर्थि हैसियत खस्किदैं गरेपछि उनको जीवन दलदलमा प्रवेश गर्‍यो । उनले उच्च स्तरिय नीजि पार्टीहरूमा १२ वर्षको उमेरबाट नाच्न सुरू गरिन् । यसरी नाच्दानाच्दै १७ वर्षको उमेरमा वेश्यावृतिमा लागिन् । २७ वर्षसम्म यो क्रम जारी नै रह्यो । एकदिन उनलाई कसैले दुबई जाने सल्लाह दियो । कारण त्यहाँ भारतको दाँजोमा १० गुना बढि कमाइ हुने बताइएको थियो । दुबईमा उनले नाच्ने काम मात्र गरिन् । अनवर बेगम बिरामी भएपछि उनी मुम्बई फर्किन् । केही समयपछी क्यान्सरले अनवरलाई लग्यो । यस दौरान उनी मुम्बई र बैगंलोरमा आफ्नो प्रस्तुति दिने गर्थिन् ।

    उमेरले ३६ वर्ष टेकेपछि सन् २००२ मा उनको भेट फिल्म निर्माता एवं निर्देशक महेश भट्टसँग भयो । उनले आफ्नो लेख्ने इच्छा रहेको बताइन् । त्यसको ४ वर्षसम्म उनले कुनै मौका पाइनन् । अन्तत; उनको समय आयो । निर्देशक मोहित सुरीले ‘कलयुग’ फिल्मका लागि २ सिन लेख्न लगाए । तत:पश्चात उनको जीन्दगीको बाटो फेरियो । उनी बलिउड प्रवेश गरिन् । उनले त्यसपछि ‘वो लम्हे’, आवारापन, राज २, जिस्म २, मर्डर २, राज ३ तथा आशिकी २ जस्ता फिल्म लेख्न पाइन् ।

    सम्बन्धित खवर