बसभित्र महिलासँग रोम्यान्स, प्रहरीले भेटेपछि घुस दिन खोज्दा पक्राउ

बसभित्र महिलासँग रोम्यान्स, प्रहरीले भेटेपछि घुस दिन खोज्दा पक्राउ

  • , 7.4K जनाले हेर्नुभयो
  • 7.4K
    SHARES

  • बसभित्र महिलासँग रोम्यान्स, प्रहरीले भेटेपछि घुस दिन खोज्दा पक्राउ

    पोखरा : बसभित्र महिलासँग रोम्यान्स गरिरहेका बेला प्रहरीले देखेपछि घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पोखराको पृथ्बीचोकमा बसपार्कमा पार्किङ गरेर राखिएको ना ५ ख ३६२३ नम्बरको बस भित्र अस्लिल कृयाकलाप गर्दै गर्दा अस्थायी प्रहरी पोष्ट बसपार्कको डिउटीमा खटिएका प्रहरी जवान किसान परियार पुगेका थिए ।

     

    प्रहरी जवान परियारलाई त्यहाँबाट थपाउन पोखरा लेखनाथ महानगरपालिका ९ का विशालजंग शाहीले दुई हजार रुपैयाँ थमाए । तर परियारले ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेको अभियोगमै शाही र उनीसँग रहेकी एक महिलालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

    घुसको लोभ छाडेर अस्लिल काममा संलग्नलाई पक्राउ गरेपनि उनलाई कास्की प्रहरीले ७ हजार नगद सहित पुरस्कृत समेत गरेको छ ।

    उनीहरुलाई बैदाम प्रहरीको नियन्त्रणमा राखेर केही सार्वजानिक अपराध मुद्वामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

    सम्बन्धित खवर