के तपाई अनुहारमा दाग छ भनेर चिन्तित हुनुहुन्छ? हटाउने सजिलो तरिका जानी राखौ

के तपाई अनुहारमा दाग छ भनेर चिन्तित हुनुहुन्छ? हटाउने सजिलो तरिका जानी राखौ

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • के तपाई अनुहारमा दाग छ भनेर चिन्तित हुनुहुन्छ? हटाउने सजिलो तरिका जानी राखौ

    काठमाडौं, मंसिर । अनुहारमा दागै दाग भएर दिक्क हुनुभएको छ । चिन्ता नलिनुहोस् । दाग हटाउनमा लागि महँगो रुपैया पनि खर्चिनु पर्दैन ।

    अहिले बजारमा दाग हटाउने विभिन्न सामानहरुको प्रचार प्रसार भइरहेको भए पनि त्यसले दाग हटाउने कुनै ग्यारेन्टी हुँदैन तर दाग हटाउने प्राकृतिक पद्धति नै अछुक उपाय हो । अनुहारमा हुने दाग हटाउनेका लागि छालाको एक दमै हेरचाह भने अवश्य गर्नुपर्छ।

    अनुहारको दाग हटाउने तरिका यी हुन् । दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । दूधमा ल्याक्टिक एसिड पाइन्छ ।

    काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ । बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।

    आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ । आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ । बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।

    पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ । प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ । भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

    ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ । तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ । हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ । केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।

    गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ । गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ । घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।

    खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ । एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।

    सम्बन्धित खवर