प्रहरीनै गुण्डागर्दीमा उत्रिएपछि…

प्रहरीनै गुण्डागर्दीमा उत्रिएपछि…

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • प्रहरीनै गुण्डागर्दीमा उत्रिएपछि…

    प्रिमेश शिवाकोटी ।‘सत्य, सेबा, सुरक्षणम’प्रहरीको मुलमन्त्र भएपनि पछिल्लो समय रौतहट प्रहरीले मुलमन्त्रलाई बिसर्जन गरेर गुण्डागर्दी शैलीमा मनपरी गरिरहेको छ । अपराध नियन्त्रण गर्नुपर्ने प्रहरीले सर्बसाधारणलाई पक्राउ गर्ने र अनुसन्धाननै नगरि धम्काएर जबरजस्ति अपराध स्वीकार्न लगाउने काम रौतहट प्रहरीले गर्न थालेको छ ।

    मुस्कान सहितको प्रहरी सेबा, जनता संग प्रहरी, प्रहरी मेरो साथी जस्ता कार्यक्रम ल्याएर बेलाबेलामा सर्वसाधारणलाई ‘घा“स’हाल्ने रौतहट प्रहरी पछिल्लो दिनमा आफ्ना मुलमन्त्र र काम कर्तव्यबाट बिचलित हुदै जना थालेको छ । यसको ज्वलन्त उदाहरण हो आचार्यमाथीको प्रहरी ज्यादती । प्रहरीले अनुसन्धानननै नगरि एक दुर्घटना नगरेको सबारी धनी लाई नियन्त्रणमा लिएर कागज गराउनु ।

    चन्द्रपुर नगरपालिका–१० बाल्चनपुर बाट माधबनारायण नगरपालिकाको सरुअठा तर्फ जादै गरेको ना ६ ख ४६९२ नम्बरको मिनिट्रक लाई ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले दुर्घटना गराएको आरोप लगाउदै जबरजस्ति कागज गराएको घट्नाले प्रहरीको आचरण र कार्यशैलीमा प्रश्न उठाएको छ । थापाले मिनिट्रकका चालक एबम् धनी प्रेम प्रसाद आचार्यको मोबाईल फोन समेत जफत गरेर जबरजस्ति दुर्घटना गराएको कागज गराई रिहा गरिदिए ।

    गरुडा नगरपालिका–५ झाझपुलमा मोटरसाईकल दुर्घटनामा परेपछि ईलाका प्रहरी कार्यालय गरुडाले उक्त मिनिट्रक लाई नियन्त्रणमा लिएर दुर्घटना गराएको भन्दै कागज गराएको रहस्य खुलेको हो ।

    उक्त मिनिट्रकका चालक एबम धनी प्रेम प्रसाद आचार्यले आफुले बारम्बार दुर्घटना नगराएको भन्दा पनि निरीक्षक थापाले आचार्यलाई बोल्न नदिकनै अपशब्द बोल्दै जबरजस्ति कागज गराएको सवारी धनी थापाको गुनासो छ । प्रहरीले न्याय दिनु पर्ने स्थानमा उल्टै अन्याय गरेको आचार्यको भनाई छ । प्रहरी निरिक्षक गोबिन्द थापालाई प्रहरीले जबरजस्ति कागज गराउन मिल्छ भनी प्रश्न गर्दा घटनाको अनुसन्धान भईरहेको बताए ।

    उता गएको चैत्र १७ गते गरुडा नगरपालिका अन्तर्गत जिगडियामा कुखुरा बोक्ने ना ३ च ८८३९ नम्बरको जीपको ठक्कर बाट ना ५१ प ४५२१ नम्बरको मोटरसाईकल दुर्घटना हुदा चन्द्रपुर– ३ का दिपक भनिने टंक प्रसाद पौडेलको मृत्यु भएको थियो भने बिनोद फुयाल घाईते भएका थिए । मृतक परिबार लाई काजकिरिया खर्च बापतको रकम र घाईतेको उपचार खर्च समेत प्रहरीले सबारी धनी बाट तिराउन पहल नगरेको गुनासो पीडितपक्षको रहेको छ । उता दुर्घटना हुदाको समयमा प्रहरीले जिम्मामा लिएको घाईते बिनोद फुयालको ९८६४०१३१८० नम्बर रहेको लाभाको मोबाईल सेट समेत फिर्ता गरेको छैन ।

    सम्बन्धित खवर